'सिन्दुरे जात्रा'मा विजय र अञ्जनाकाे जोडी
काठमाडौँ । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’ अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीको अभिनय रहने भएकाे छ । निर्माण युनिटले फिल्मकाे मुख्य भूमिकामा याे जोडी अनुबन्धित गरेको हो ।
फिल्ममा निर्देशन सरोज पौडेलले गर्न लागेका हुन् । अन्य कलाकार बिस्तारै अनुबन्ध गर्दै जाने निर्देशक पौडेलले बताए । 'सिन्दुरे जात्रामा अब हामी चरित्र सुहाउँदो कलाकार अनुबन्ध गराउँदै जानेछौँ', निर्देशक सरोजले भने, 'अबको केही समयमा हामी कलाकार फाइनल गरेर अरू काम सुरु गर्नेछौँ ।'
चलचित्रलाई राम्रो बनाउन कुनै पनि कसर बाँकी नराख्ने उनले बताए । 'विजय र अञ्जना अहिलेका रुचाइएका कलाकार हुन् । तर, हामीले बजारले रुचाएका कलाकार भनेर लिएका हैनौँ',सरोज प्रष्ट पार्छन्, 'कथाले नै उहाँहरूलाई मागेपछि अनुबन्ध गराएका हौँ ।'
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा पनि निर्देशक पौडेल स्वयंको छ ।
आरआर फिल्मसले वितरण गर्ने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण