रुस–युक्रेन शान्ति वार्ता : भू–भागको विषयमा सहमति जुट्न सकेन
सारांश
- आबुधाबीमा युक्रेन र रुसका प्रतिनिधिहरूबीच युद्ध अन्त्यका लागि वार्ता भयो, तर ठोस सहमति जुट्न सकेन।
- रुसले डोनबासको सम्पूर्ण हिस्सा छोड्नुपर्ने सर्त राखेको छ भने युक्रेनले आफ्नो भूमि नछाड्ने अडान लिएको छ।
- वार्ताका बीच युक्रेनमा ऊर्जा संकट गहिरिएको छ, र जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीको सम्झौता तयार रहेको बताए।
आबुधाबी । करिब चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि युक्रेन र रुसका प्रतिनिधिहरूबिच शुक्रबार आबुधाबीमा त्रिपक्षीय वार्ता भएको छ । अमेरिकाको मध्यस्थतामा भएको यस वार्तामा मुख्य एजेन्डा क्षेत्रीय अखण्डता र भू–भागको विषय रहे पनि कुनै ठोस सहमति जुट्न सकेको छैन।
रुसले युद्ध रोक्नका लागि युक्रेनको औद्योगिक क्षेत्र डोनबासको सम्पूर्ण हिस्सा छोड्नुपर्ने सर्त राखेको छ भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गर्न नसकेको आफ्नो भूमि कुनै पनि हालतमा नदिने अडान दोहोर्याएका छन् ।
यो वार्ता यस्तो समयमा भइरहेको छ जब रुसी हवाई आक्रमणका कारण युक्रेनको ऊर्जा प्रणाली ध्वस्त भई देशकै इतिहासकै खराब ऊर्जा सङ्कट उत्पन्न भएको छ। चिसो निकै बढेको समयमा राजधानी किभसहितका ठुला सहरहरूमा विद्युत् र तापक्रम व्यवस्थापन ठप्प भएको छ, जसलाई ऊर्जा विज्ञहरूले ‘मानवीय विपद्’ को संज्ञा दिएका छन्।
जेलेन्स्कीले टेलिग्राममार्फत आफू वार्ता टोलीसँग निरन्तर सम्पर्कमा रहेको र शनिबार हुने अन्तिम चरणको छलफलपछि मात्र कुनै निष्कर्षमा पुग्न सकिने बताएका छन्।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि सुरक्षा ग्यारेन्टीको सम्झौता तयार रहेको र हस्ताक्षरका लागि मिति मात्र पर्खिरहेको समेत जानकारी दिएका छन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले डोनबास क्षेत्र रुसलाई सुम्पनु नै वार्ताको प्रमुख सर्त रहेको स्पष्ट पारेका छन् । रुसले गत अगस्टमा अलास्का शिखर सम्मेलनमा भएको भनिएको ‘एन्कोरेज फर्मुला’ अनुसार अघि बढ्न चाहेको छ, जसले डोनबासमा रुसी नियन्त्रण र अन्य क्षेत्रमा युद्धविरामको प्रस्ताव गर्दछ।
अर्कोतर्फ, रुसले अमेरिकामा फ्रिज गरिएका आफ्ना ५ अर्ब डलरका सम्पत्तिहरू रुस नियन्त्रित क्षेत्रको पुनरुत्थानमा खर्च गर्ने प्रस्ताव गरेको छ, जसलाई जेलेन्स्कीले ‘बकवास’ भन्दै खारेज गरिदिएका छन्। युक्रेनले भने रुसबाटै युद्धको क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण