सरकारले सिंगो पार्टीलाई निर्वाचनमा जाने वातावरण बनाएनः महासचिव विप्लव
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जाने वातावरण नबनाएको आरोप लगाएका छन् । शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रममा उनले आफूहरु चुनावमा जाने तयारी गरिरहँदा सरकारले कम्युनमा छापा मारेर गम्भीर षड्यन्त्र गरेको आरोप लगाए ।
काठमाडौंमा हराएका हतियार फेला पार्न नसक्ने सरकारले आफ्नो पार्टीका कम्युनमा प्रहरी परिचालन गरेर बहादुरी प्रर्दशन गरेको उनको भनाइ छ । राज्यले आफूहरुको कम्युनमा बम रहेको भन्ने गलत प्रचार गरेर पार्टीको बदनामी गरेको उनले बताए।
यो सबै साम्राज्यवादको इशारामा दलाल शक्तिहरूले चालिएको षड्यन्त्र भएको उनको दाबी छ । उनले निर्वाचन र आन्दोलन दुबैको माध्यामबाट आफूहरुको अघि बढ्ने रणनीति रहेको उल्लेख गरे । सोहीअनुसार पार्टी सरकारले निर्वाचनको वातावरण नबनाएपनि आंशिक रुपमा फागुन २१ गते हुने निर्वाचनको लागि सहभागी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण