राष्ट्रियसभा निर्वाचन : ११ बजेसम्म कर्णालीमा १६८ जनाले गरे मतदान
आइतबार, ११ माघ २०८२, ११ : १८
सारांश
- कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचन बिहान ९ बजेदेखि सुरु भई ११ बजेसम्म १६८ जनाले मतदान गरे।
- प्रदेश सभातर्फ ४० मध्ये ३८ र स्थानीयतर्फ १३० जनाले मतदान गरिसकेका छन्।
- कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि १९८ जना मतदाता रहेका छन्।
सुर्खेत । कर्णाली प्रदेशमा बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रियसभा निर्वाचनमा ११ बजेसम्म १६८ जनाले मतदान गरेका छन् ।
प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार प्रदेश सभातर्फ ४० मध्ये ३८ जनाले मत खसालिसकेका छन् । जसमा २५ जना पुरुष र बाँकी महिला छन् ।
यस्तै स्थानीयतर्फ १३० जनाले मतदान गरिसकेका छन् । जसमध्ये ४९ महिला र बाँकी ८१ जना पुरुष छन् ।
कर्णाली प्रदेशबाट एक महिला र एक अन्य कलस्टरमा निर्वाचन हुँदैछ । कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ जना मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण