निर्वाचनलाई भयरहित बनाउन संयुक्त सञ्चालन केन्द्र स्थापना, चारवटै सुरक्षा निकाय खटिने
सारांश
- निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ।
- केन्द्रले देशभरका निर्वाचन अधिकृतका कार्यालयबाट सूचना संकलन गरी सुरक्षा निकायसँग समन्वय गर्नेछ।
- आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने जनाएको छ, र धेरै उजुरीहरू प्राप्त भएका छन्।
काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगले आइतबारदेखि ‘संयुक्त निर्वाचन सञ्चालन केन्द्र' (जेईओसी) स्थापना गरेको छ। कान्तिपथस्थित आयोगको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको औपचारिक शुभारम्भ गरेका हुन्।
आयोगका सचिवको संयोजकत्वमा सञ्चालन हुने यस केन्द्रमा गृह मन्त्रालयसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू रहनेछन्। देशभरका निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त हुने सूचना संकलन गर्ने र सुरक्षा निकायहरूसँग प्रत्यक्ष समन्वय गरी निर्वाचनसम्बन्धी वस्तुस्थितिको तत्काल जानकारी लिने उद्देश्यले यो संयन्त्र तयार गरिएको हो।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार निर्वाचन क्षेत्रमा देखापर्ने कुनै पनि सुरक्षा चुनौती वा प्राविधिक समस्यालाई केन्द्रको समन्वयमार्फत तत्काल समाधान गरिनेछ। केन्द्रमा अनुभवी जनशक्ति परिचालन गरिएकाले आउन सक्ने जटिलताहरूलाई प्रभावकारी ढंगले सम्बोधन गर्ने विश्वास आयोगले लिएको छ।
यसैबिच, निर्वाचनका सन्दर्भमा आयोगमा हालसम्म ठुलो संख्यामा उजुरीहरू प्राप्त भएको र त्यसमाथि सूक्ष्म अध्ययन भइरहेको समेत भण्डारीले जानकारी दिएका छन्। आचारसंहिता उल्लङ्घन गर्ने जोकोहीलाई पनि कानुनबमोजिम कारबाही गरिने आयोगको तयारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण