वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार
सारांश
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वन डढेलो नियन्त्रण कार्ययोजना तयार पारेको छ।
- कार्ययोजनामा वन डढेलोका सम्भावित प्रभाव, प्रभावित जिल्ला, नियन्त्रणका उपाय र बजेट व्यवस्थापन समावेश छन्।
- बाँके, बर्दिया लगायत ९ जिल्ला उच्च जोखिममा छन् भने १३ जिल्ला मध्यम जोखिममा रहेको प्राधिकरणले जनाएको छ।
काठमाडौँ । वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार पारिएकाे छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्ययोजना तयार पारेको हो ।
कार्ययोजनामा वन डढेलोका सम्भावित प्रभावहरू,वन डढेलोबाट प्रभावित हुने जिल्लाहरू,कार्ययोजनाको उद्देश्य,रणनीतिहरू समेटिएको छ ।
त्यस्तै प्राथमिकताका क्षेत्रहरू, वन डढेलो नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना,वन डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री/उपकरणहरू र बजेट व्यवस्थापनको विषय समेटिएको छ ।
प्राधिकरणका अनुसार बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत गरी ९ जिल्ला उच्च जोखिममा रहेका छन् ।
त्यस्तै अर्घाखाँची,बारा,डडेलधुरा,डोटी, गोरखा लगायत विभिन्न १३ वटा जिल्ला मध्यम जोखिममा छन् । बाँकी जिल्ला भने न्यून जोखिममा रहेका प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण