चितवन र पर्सामा बाघ गणनाको दोस्रो चरण पूरा
सारांश
- चितवन र पर्सा निकुञ्जमा बाघ गणनाको दोस्रो चरण सफलतापूर्वक सम्पन्न भएको छ।
- सौराहा, खगेन्द्रमल्ली लगायतका क्षेत्रमा क्यामेरा राखेर बाघको तस्बिर लिइएको थियो।
- अब पर्सा निकुञ्जमा क्यामेरा राखेर बाघ गणना गरिनेछ, जसमा निकुञ्जका कर्मचारी खटिएका छन्।
चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर सुरु गरिएको बाघ गणनाको दोस्रो चरणको काम सफलतापूर्वक सम्पन्न भएको छ। गत पुस ३ गतेदेखि सुरु भएको गणना अन्तर्गत दोस्रो खण्डको काम सकिएपछि अहिले जडान गरिएका स्वचालित क्यामेराहरू निकाल्ने काम भइरहेको छ। निकुञ्ज प्रशासनका अनुसार ती क्यामेराहरू उठाउन दुई देखि तीन दिन लाग्नेछ।
दोस्रो चरणमा सौराहा, खगेन्द्रमल्ली, लोथर, प्रतापपुर, ठोरी र सोमेश्वर लगायतका क्षेत्रमा ३३६ वटा ग्रिडमा विभाजन गरेर क्यामेरा राखिएको थियो। यो क्षेत्रमा १५० जना तालिमप्राप्त गणकहरू खटिएका थिए। अब ती क्यामेराहरू स्थानान्तरण गरी तेस्रो चरण अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको बाँकी क्षेत्रमा बाघको फोटो खिच्ने काम सुरु हुनेछ।
बाघ गणनाका लागि २ वर्ग किलोमिटरको एउटा ग्रिड बनाएर प्रत्येकमा एक जोडी स्वचालित क्यामेरा राखिने गरिन्छ। बाघ ओहोरदोहोर गर्ने बाटोमा राखिएका यी क्यामेराले खिचेका तस्बिरहरू संकलन गरेपछि प्राविधिकहरूले बाघको शरीरमा हुने पाटाका आधारमा संख्या पत्ता लगाउनेछन्। हरेक बाघको शरीरको पाटा मानिसको औँठाछाप जस्तै फरक–फरक हुने भएकाले एउटै बाघ दोहोरिने सम्भावना हुँदैन।
नेपालमा हरेक चार वर्षमा बाघ गणना गर्ने गरिन्छ। यसपटक चितवन–पर्सा ब्लकसँगै बाँके, बर्दिया र शुक्लाफाँटामा पनि गणना भइरहेको छ। सन् २०२२ मा गरिएको पछिल्लो गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ फेला परेका थिए, जसमा चितवनमा सबैभन्दा बढी १२८ र पर्सामा ४१ वटा बाघ रेकर्ड भएका थिए। तीन महिना चल्ने यो गणनामा निकुञ्जका कर्मचारी, प्रकृति संरक्षण कोषका प्राविधिक र स्थानीय स्वयंसेवकहरू सक्रिय छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागी पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण