काठमाडौं महानगरले सार्वजनिक स्थानको कुर्सी हटाएको हो ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुखबाट बालेन्द्र शाह (बालेन)ले राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनमा होमिएसँगै काठमाडौँमा नयाँ विषयले चर्चा पायो ।
महानगरपालिकाले बालेन जाने बित्तिकै सार्वजनिक स्थानबाट कुर्सी हटाउन थाल्यो भन्ने हल्ला चल्यो । सामाजिक सञ्जालमा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलको आलोचना समेत हुन थालेको छ । तर वास्तविकता भने फरक पाइएको छ । यस विषयमा महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जवाफ समेत दिएको छ ।
महानगरले सडक किनारा, पार्क, नदीहरुको करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको विभागले जनाएको छ । यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रंगरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा संख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरुपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइने महानगरको दाबी छ ।

सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई भन्छन्, ‘उमेर समूह, शारीरिक अवस्था जस्ता पैदल यात्रुको आवश्यकतालाई सहजता बढाउने काम थालेका छौँ । यसअघि राखिएका ठाउँबाट कुर्सी हटाउने कुनै योजना छैन । एकरुपता कायम गराउन साटफेर हुनसक्छ ।’
यसअन्तर्गत सिंहदरबार भद्रकाली सडकखण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरु मर्मत थालिएको छ । यस ठाउँमा दुई प्रकारका कुर्सी थिए । यीमध्ये पुराना बेञ्च मर्मतसम्भार र रंगरोगन गरेर यथास्थानमा राखिने विभागका प्रमुख राईले जानकारी दिए । यसअघि राखिएका ठाउँबाट कुर्सी यताउता सार्ने गरिएको थियो । यसलाई पनि व्यवस्थापन गर्ने गरी काम गरिने उनको भनाइ छ ।
महानगरपालिकाका सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाले सार्वजनिक कुर्सी व्यवस्थापनको काम गरिरहेका छन् । यसमध्ये पनि आयोजनाले प्राथमिकता दिएको छ । २०८१ असोजमा महिनामा सहरका विभिन्न ठाउँमा १४० वटा सार्वजनिक कुर्सी राखेको थियो । यी कुर्सीहरु १.५ मिटर लम्बाइ र आधा मिटर चौडाइका छन् । यी सार्वजनिक खरिद प्रक्रियाबाट हरेक कुर्सी करसहित हरेक कुर्सीको मूल्य १८ हजार ६५५ रुपियाँ परेको छ । यसमध्ये भद्रकालीदेखि सिंहदरबार सडकखण्ड अन्तर्गत पैदल मार्गमा ११ वटा कुर्सी राखिएका हुन् । यसबाहेक बागमती र बागमती नदीका करिडोर, गुह्येश्वरी, कोटेश्वर, कालमोचन लगायत ठाउँमा राखिएका थिए ।

दोस्रो चरणमा ४९ प्राप्त भएका छन् । यी कुर्सीहरु नापी विभाग, तीनकुने कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर, बबरमहल, कलपोखरी लगायत स्थानमा राखिनेछन् । ट्याक्टिकल अर्वानिजम अन्तर्गत तेस्रो प्याकेजमा १५० वटा कुर्सी प्राप्त हुनेछन् । यी कुर्सीहरु माग र आवश्यकताका आधारमा विभिन्न स्थानमा राखिने महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण