त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङ बेँसी नजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला परेको छ ।
डेढ वर्षअघि सिमलतालमा पहिरोसँगै बेपत्ता भएको उक्त बस उत्खनन गर्ने क्रममा एक जनाको कङ्काल फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
उनका अनुसार बसको करिब ४० प्रतिशत भाग काटेर बाहिर निकाल्ने क्रममा कम्मरभन्दा माथिको भाग मात्र भएको मानव कङ्काल फेला परेको हो । फेला परेको कङ्काल परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ ।
सिमलताल दुर्घटनास्थलभन्दा करिब ३०० मिटर तल त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा १६ दिनअघि उक्त बसका पाटपुर्जा देखिएपछि खोजीकार्य तीव्र पारिएको थियो । इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नं २३ मनकामना गण भानु तनहुँबाट खटिएको संयुक्त सुरक्षा टोलीले उक्त बस फेला पारेको थियो ।
विसं २०८१ असार २८ गते बिहानपख काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको झोलुङ्गे पुल नजिकैबाट लेदोसहितको पहिरोमा परी त्रिशूलीमा खसेर बेपत्ता भएको थियो ।
दुवै बसका ६५ यात्रुमध्ये गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अन्य सबै बससँगै बगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण