कांग्रेसको वेबसाइटबाट पुरानो कार्यसमितिको नाम हटाइयो, नयाँको राखिएन
सारांश
- नेपाली कांग्रेसको वेबसाइटबाट शेरबहादुर देउवाको नाम हटाइयो।
- गगन थापाको नेतृत्वको नयाँ कार्यसमितिको नाम वेबसाइटमा अपलोड गरिएको छैन।
- सर्वोच्च अदालतको फैसलापछि मात्रै पूर्णरूपमा काम गर्ने पदाधिकारीहरूको भनाइ छ।
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिक वेबसाइट नेपाली कांग्रेस डटकम डट ओआरजीबाट १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइएको छ । विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापा नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय कार्यालयमा पुगेर शुक्रबार पदबहाली गरेपछि पुरानो कार्यसमितिको नाम हटाइएको केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ ।
तथापि वेबसाइटमा थापा नेतृत्वको नयाँ कार्यसमितिको नाम अपलोड गरिएको छैन । केन्द्रीय कार्यालयका कर्मचारीहरूले फोटो र नाम र पदाधिकारी र सदस्यहरूले चलाउने सामाजिक सञ्जालको लिंकसहित राख्नुपर्ने भएकाले बनाउने काम भइरहेको बताउँछन् ।
पदाधिकारीहरू भने सर्वोच्च अदालतले गर्ने फैसलापछि मात्रै पूर्णरूपमा काम गर्ने मानसिकतामा आफूहरू रहेको बताउँछन् । अहिले निर्वाचनसम्बन्धी काम मात्रै गर्ने उनीहरूको भनाइ छ ।
गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनलाई १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा नेतृत्वको संस्थापन समूह र डा शेखर कोइराला नेतृत्वको इतर समूहले स्वीकारेका थिएनन् ।
तथापि निर्वाचन आयोगले १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई मान्यता दियो । त्यसको विरुद्धमा पुरानो संस्थापन सर्वोच्च गएको छ ।
त्यो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सुनिल पोखरेलको इजलासले निर्वाचन आयोगलाई आधिकारिक दिनाको कारण १५ दिनभित्र लिखित रूपमा आफै उपस्थित भएर वा प्रतिनिधिमार्फत पेस गर्न निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण