अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको प्रतिबद्धता
काठमाडाैँ । केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त राज्य अमेरिकाको बारम्बार धम्कीको परिप्रेक्ष्यमा चीनले मङ्गलबार क्युबालाई ‘समर्थन र सहयोग’ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बेइजिङ र हवाना लामो समयदेखि समाजवादी साझेदार रहेका छन् । चिनियाँ अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले दशकौँदेखि टापुमा लगाएको आर्थिक नाकाबन्दी र प्रतिबन्धहरूको लगातार विरोध गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना क्युबालाई ‘पतनका लागि तयार’ हुने चेतावनी दिँदा तनाव थपिएको थियो । ट्रम्पले हवानालाई ‘सम्झौता गर्न’ वा भेनेजुएलाजस्तो मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए । भेनेजुएलाको सन्दर्भमा जनवरी ३ मा अमेरिकी बम आक्रमणमा मदुरो पक्राउ पर्नुभएको थियो र दर्जनौँ मानिसको मृत्यु भएको थियो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मङ्गलबार पत्रकार सम्मेलनमा भने, “क्युबामा अमेरिकी कार्यहरूप्रति चीनले गहिरो चिन्ता र विरोध व्यक्त गर्दछ । हामी संयुक्त राज्य अमेरिकालाई क्षेत्रीय शान्ति र स्थिरतालाई कमजोर पार्नबाट रोक्न आग्रह गर्छौं ।”
उनले वासिङ्टनलाई ‘क्युवाविरुद्धको नाकाबन्दी र प्रतिबन्धहरू तुरुन्तै हटाउन’ आह्वान गरे। प्रवक्ता गुओले भने, “चीनले क्युबालाई सकेसम्म धेरै सहयोग र समर्थन प्रदान गर्न जारी राख्नेछ ।”
गत हप्तामा पोलिटिकोल ट्रम्प प्रशासनले क्युबामा हुने सबै तेल आयात रोक्न नौसैनिक नाकाबन्दी गर्ने विकल्प विचार गरिरहेको थियो भनी रिपोर्ट गरेको छ । रिपोर्टअनुसार ऊर्जा आपूर्ति नै शासनलाई कमजोर पार्ने महत्त्वपूर्ण माध्यम हो ।
क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले शनिबार सैन्य अभ्यासको निरीक्षण गर्दै यसलाई संयुक्त राज्य अमेरिकाको सम्भावित आक्रमणको प्रतिरोधका रूपमा व्याख्या गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण