तेस्रो पौवादुङमा गोल्डकप आजदेखि
सारांश
- भोजपुरको च्याङ्ग्रेमा तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ।
- प्रतियोगितामा नेपाली सेनासहित १६ टोलीको सहभागिता रहनेछ।
- विजेताले ३ लाख र उपविजेताले २ लाख नगद पुरस्कार पाउनेछन्।
भोजपुर। भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा गोल्डकप फुटवल प्रतियोगिता’ सुरु हुँदैछ । प्रतियोगितामा नेपाली सेनासहित १६ टोलीले सहभागिता जनाउने भएका छन् ।
“हामी पौवादुङमाली, मानव विकास पूर्वाधारले ल्याउँछौँ खुसीयाली”, नाराका साथ हुने प्रतियोगितामा भोजपुरमा रहेको नेपाली सेनाको नयाँश्रीनाथ गण सहित जिल्ला बाहिर र भित्रका १६ वटा टिमले सहभागिता जनाउने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
गाउँपालिकाको प्रायोजन तथा भोजपुर जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको गोल्डकपको तालिका अनुसार जाल्पादेवी एफसी पाख्रीवास, जरायोटार एफसी भोजपुर, अलस्टार क्लव धरान, छथर गाउँपालिका तेह्रथुम, योङ्ग ब्वायज धरान, कोदार फुटवल क्लव भोजपुर, तालतलैया एफसी इटहरी, टेम्केमैयुङ गाउँपालिका भोजपुर र आयोजक समितिको सहभागिता हुने छ ।
यस्तै मिरमिरे युवा क्लब सङ्खुवासभा, दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङ, बुढीगंगा गाउँपालिका मोरङ, बुढासुब्बा आन्द्रङ धनकुटा, सिंहदेवी एफसी भामराङ र गोलबजार युनाइटेड क्लब सिरहाको सहभागिता हुने छ । माघ १४ देखि २३ गतेसम्म प्रतियोगिता तथा मेला सञ्चालन हुने छ । प्रतियोगिताको विजेता टोलीले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक पक्षले जनाएको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाईसमेत आकर्षक पुरस्कार प्रदान गरिनेगाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।
आजको पहिलो उद्घाटन खेल नेपाली सेनाको नयाँ श्रीनाथ गण र जाल्पादेवी एफसी पाख्रीवास, धनकुटाको बिच हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण