इराकलाई दिँदै आएको सहयोग रोक्ने ट्रम्पको चेतावनी
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इराकलाई दिइँदै आएको सहयोग अन्त्य गर्ने चेतावनी दिएका छन्।
- उनले इरानसँग नजिक मानिने पूर्व प्रधानमन्त्री नुरी अल-मालिकीलाई पुनः निर्वाचित गरेको भन्दै यस्तो चेतावनी दिएका हुन्।
- ट्रम्पले अल-मालिकीका नीति र विचारधाराको आलोचना गर्दै अमेरिकाले इराकलाई सहयोग नगर्ने बताए।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकलाई दिइँदै आएको अमेरिकी सहयोग अन्त्य गर्ने चेतावनी दिएका छन् । इरानसँग नजिक मानिने इराकका पूर्व प्रधानमन्त्री नुरी अल–मालिकीलाई प्रधानमन्त्रीमा पुनः निर्वाचित गरिएको भन्दै उनले सो चेतावनी दिएका हुन् ।
अल–मालिकीलाई इराकी संसद्को सबैभन्दा ठुलो शिया गठबन्धनको–अर्डिनेसन फ्रेमवर्कले प्रधानमन्त्री पदका लागि उम्मेदवार सिफारिस गरेपछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो ।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इराकका लागि निकै खराब विकल्प भन्दै अल–मालिकीको आलोचना गरेका छन् । ‘पछिल्लो पटक मालिकी सत्तामा हुँदा देश गरिबी र पूर्ण अराजकतामा डुबेको थियो । यस्तो फेरि हुन दिनु हुँदैन’ उनले लेखेका छन् ।
अल मलिकीका नीति र विचारधारा बहुलठ्ठी भएको भन्दै उनी फेरि निर्वाचित भए भने अमेरिकाले इराकलाई सहयोग नगर्ने उनले स्पष्ट पारेका छन् । अमेरिकाले सहयोग नगरे इराकको सफलता, समृद्धि र स्वतन्त्रताको सम्भावना शून्य भएको भन्दै उनले ‘मेक इराक ग्रेट अगेन’ भन्ने नारा समेत प्रयोग गरेका छन् ।
यो टिप्पणीलाई इराकको आन्तरिक राजनीतिमा ट्रम्पको कडा हस्तक्षेपका रूपमा हेरिएको छ । पछिल्ला वर्षहरूमा इराक अमेरिका र इरानबिच सन्तुलन कायम गर्न सङ्घर्षरत छ । ट्रम्प प्रशासन भने इरान–समर्थित समूहहरूको प्रभाव घटाउने अभियानमा सक्रिय देखिएको छ ।
यसैबिच, अमेरिकी प्रतिनिधिहरूले पत्रमार्फत प्रधानमन्त्री चयन इराककै निर्णय भए पनि नयाँ सरकारबारे अमेरिका आफ्ना हितअनुसार निर्णय गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण