यी हुन् महोत्तरी, तनहुँ र सोलुका संवेदनशील मतदानस्थल
सारांश
- निर्वाचन आयोगलाई महोत्तरी, तनहुँ र सोलुखुम्बुका सुरक्षा निकायले संवेदनशील मतदानस्थलको जानकारी गराएका छन्।
- सोलुखुम्बुका १० मतदानस्थल अतिसंवेदनशील र ४१ संवेदनशील सूचीमा, भने महोत्तरीका १६३ अतिसंवेदनशील छन्।
- तनहुँमा आठवटा मतदानस्थल अतिसंवेदनशील, ५२ संवेदनशील र दुई निर्वाचन क्षेत्रमा ३०९ मतदान केन्द्र रहनेछन्।
काठमाडौँ । महोत्तरी, तनहुँ र सोलुखुम्बुका सुरक्षा निकायले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संवेदनशील मतदानस्थल पहिचान गरी निर्वाचन आयोगलाई ती स्थानबारे जानकारी गराएको छ ।
महोत्तरी, तनहुँ र सोलुखुम्बुबाट हाम्रा समाचारदाताले जनाएअनुसार सोलुखुम्बुका १२४ मतदानस्थलमध्ये १० मतदानस्थललाई अतिसंवेदनशील र ४१ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ ।
महोत्तरीका २५२ मतदानस्थल संवेदनशील मानिएका छन् । जिल्लाका २५८ मतदानस्थलमध्ये १६३ लाई अतिसंवेदनशील भनिएको छ । स्थानीय प्रशासनले तनहुँका आठवटा मतदानस्थललाई अतिसंवेदनशील, ५२ वटा मतदानस्थललाई संवेदशील मानेको छ ।
महोत्तरी क्षेत्र नं. ३ र ४ केही मतदानस्थल भारतसँगको सिमाना नजिक छन् । तिनलाई अतिसंवेदनशीलको सूचीमा समावेश गरिएको छ ।
क्षेत्र नं १ का ५९ मतदानस्थलमा १३० मतदानकेन्द्र र क्षेत्र नं २ मा ६२ मतदानस्थलमा १३३, क्षेत्र नं ३ मा ७७ मतदानस्थलमा १४२ र ४ मा ६० मतदानस्थलमा १३१ मतदानकेन्द्र रहने जिल्ला सुरक्षा समितिले जनाएको छ । अघिल्लो निर्वाचनमा ४९९ मतदान केन्द्र थिए ।
दुई निर्वाचन क्षेत्र कायम भएको तनहुँमा १४४ वटा मतदानस्थलमा ३०९ मतदान केन्द्र रहने छन् । सोलुखुम्बुमा ८५ हजार ५१५ र तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँ क्षेत्र नं १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नं २ मा एक लाख १८ हजार २७९ मतदाता कायम छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण