नयाँका नाममा नक्कली कुरा गर्ने र भ्रम छर्नेहरुबाट सचेत रहाैँ : चित्रबहादुर केसी
बुधबार, १४ माघ २०८२, १५ : ५२
काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमा भ्रम छर्नेहरुबाट सचेत रहन आम मतदातालाई आह्वान गरेका छन् ।
नयाँका नाममा नक्कली कुरा गर्ने र जनतामा भ्रम छर्नेहरु पनि निर्वाचनको मुखमा देखिएको चर्चा गर्दै उनीहरुबाट सचेत भएर मतदान गर्न आम मतदातालाई उनले आग्रह गरे ।
बुधबार बुटवलमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले मुलुकको अस्तित्व जोगाउने कुरामा सबैलाई एकतावद्ध हुन पनि सचेत गराए । उनले विगतमा पनि भ्रम छर्नेहरुलाई सांसद बनाएको उल्लेख गर्दै आगामी निर्वाचनमा उनीहरुले जिताउने गल्ती मतदाताहरुले गर्न नहुने बताए ।
अध्यक्ष केसीले वर्तमान सरकार गैरसरकार संस्थाहरुले बनाएको जिकिर गर्दै उनीहरुबाट देशको हितमा काम हुने अपेक्षा गर्न नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण