विश्वकप खेल्ने सपना पूरा भयो, समर्थकलाई खुसी दिन चाहन्छु – नन्दन यादव
सारांश
- नन्दन यादवले टी-२० विश्वकपमा छनोट हुनु जीवनकै ठुलो सपना पूरा भएको बताए।
- उनले सन् २०१४ को विश्वकप हेरेपछि राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेको र सोही अनुसार मिहिनेत गरेको बताए।
- यादवले परिवारको साथ र समर्थनले आफूलाई यहाँसम्म ल्याएको बताउँदै समर्थकको खुसीका लागि राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन यादवले आईसीसी टी–२० विश्वकपका लागि टोलीमा पर्नु आफ्नो जीवनको सबैभन्दा ठुलो सपना पूरा हुनुसरह भएको बताएका छन् ।
क्रिकेट खेल्न थालेको सुरुवाती दिनमा परिवारलाई समेत जानकारी नभएको अवस्थाबाट विश्वकप स्क्वाडसम्मको यात्रा तय गर्नु आफ्ना लागि खुसीको क्षण भएको उनले बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार सार्वजनिक गरेको भिडियो सन्देशमा यादवले सन् २०१४ को टी–२० विश्वकप हेरेपछि आफूमा राष्ट्रिय टोलीबाट खेल्ने सपना जागेको उनले बताएका छन् । उक्त विश्वकपमा सोमपाल कामीको प्रदर्शनले आफूलाई तीव्र गतिको बलर बन्न प्रेरित गरेको उनको भनाइ छ । ‘त्यो बेला म पनि एकदिन नेपालका लागि खेल्न पाए हुन्थ्यो भन्ने चाहना थियो, आज त्यो सपना पूरा हुँदैछ,’ उनले भने ।
विश्वकप टोलीमा आफ्नो नाम छनोट भएको खबर पनि उनका लागि विशेष रह्यो । उनले भाइले सामाजिक सञ्जालमा बधाई दिएपछि मात्र आफू छनोट भएको थाहा पाएका थिए । ‘मैले थाहा पाउनुअघि नै घरमा बुबाआमाले थाहा पाइसक्नुभएको रहेछ । सबै जना धेरै खुसी हुनुहुन्थ्यो, त्यो पल कहिल्यै बिर्सन सकिँदैन,’ उनले त्यो क्षण सम्झिए ।
आफ्नो प्रारम्भिक क्रिकेट यात्रा संघर्षपूर्ण रहेको बताउँदै उनले मामाघर पथलैयामा बसेर हेटौंडामा प्रशिक्षणका लागि जाने गरेको स्मरण गरे । परिवारलाई आफ्नो सबैभन्दा ठूलो प्रेरणाको स्रोत भन्दै नन्दनले सुरुमा क्रिकेटबारे नबताए पनि पछि थाहा पाएपछि पूर्ण साथ र समर्थन पाएको बताए ।
आगामी फ्रेब्रुअरीबाट भारत र श्रीलंकामा हुने विश्वकपका लागि टोलीको तयारी राम्रो भइरहेको उनले जानकारी दिए । ‘हामीले भारतको रेड सोइल र बाउन्सी पिचमा खेलिसकेका छौँ, यो अनुभवले पनि सहयोग पुग्नेछ,’ उनले भने, ‘टोलीले अहिले आफ्नो आधारभूत पक्षमा ध्यान केन्द्रित गरिरहेको छ र त्यसमा राम्रो गर्न सके राम्रो प्रदर्शन हुनेमा विश्वस्त छु ।’
विश्वकपमा टोलीको लक्ष्य जित नै रहेको स्पष्ट पार्दै उनले समर्थकको अपेक्षा पूरा गर्न आफूहरू लागिरहेको बताए । ‘जहाँ गए पनि नेपाली क्रिकेट समर्थकले दिनुभएको माया र साथ अतुलनीय छ,’ यादवले भने, ‘देशले कठिन परिस्थितिको सामना गरिरहेको बेला क्रिकेटमार्फत समर्थकको अनुहारमा खुसी ल्याउनु हाम्रो दायित्व हो । हामीलाई माया गर्ने समर्थलाई हामीले केही दिएरै छाड्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण