प्रतिनिधिसभा सदस्य निर्वाचन : मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र
बुधबार, १४ माघ २०८२, १८ : ५५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि मतदाता शिक्षा दिन सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ ।
कूल १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालीकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको उनले बताए ।
बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको पनि आयोगले जनाएको छ । यही माघ २५ गतेदेखि फागुन ५ गतेसम्म १६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईको भनाइ छ । समानुपातिकतर्फको करिब दुई करोडभन्दा बढी मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण