सुशासन प्रवर्द्धन गर्न प्रशासनिक नेतृत्व जिम्मेवार हुनुपर्छ : मुख्यसचिव अर्याल
ललितपुर । मुख्यसचिव सुमनराज अर्यालले मुलुकको सुशासन प्रवर्द्धनका लागि प्रशासनिक नेतृत्व गर्ने व्यक्ति जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा बुधबार जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा ‘सुशासनको मार्गचित्र’ तयार गर्न आयोजित कार्यशालालाई सम्बोधन गर्दै मुख्यसचिव अर्यालले सेवा प्रवाह समयमा नहुँदा मानिसले ज्यानै गुमाउनु परिरहेको अवस्थाको उदाहरण दिँदै सामान्य कुरामा सुधार गरेर पनि सुशासन कायम गर्न सकिने बताए।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रामशरण पुडासैनीले विकासको गति र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सुशासन कायम गर्न समस्या स्वीकार गरेर सुधार गर्नुपर्ने बताए।
नेपाल सरकारका सबै सचिव र काठमाडौँ उपत्यकामा रहेका सहसचिवको सहभागितामा रहेको सो कार्यक्रममा सेवा प्रवाहमा गर्नुपर्ने सुधार, कर्मचारीले सुधार गर्नुपर्ने आचरण र झञ्झट निवारणका लागि गर्न सकिने प्रयासका बारेमा समूहगत रुपमा छलफल गरी विषयगत मन्त्रालय र कार्यालयले गर्नुपर्ने सुधारको निष्कर्ष निकालिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण