च्याम्पियन्स लिगः सिटी, चेल्सी, र स्पोर्टिङ विजयीहुँदा पीएसजी बराबरीमा राेकियाे
सारांश
- च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र स्पोर्टिङले महत्त्वपूर्ण जित हासिल गरे।
- पीएसजी र न्यूक्यासल युनाइटेडले १-१ को बराबरी खेले, भने चेल्सीले नेपोलीलाई ३-२ ले हरायो।
- एर्लिङ हाल्यान्ड र रायन चेर्कीको गोलबाट म्यानचेस्टर सिटीले गालातासारेलाई पराजित गर्यो।
काठमाडौँ । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत बिहीबार सम्पन्न खेलहरूमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी, तथा पोर्चुगिज क्लब स्पोर्टिङले महत्त्वपूर्ण जित हासिल गरेका छन् भने पीएसजी र न्यूक्यासल युनाइटेडले बराबरीमा चित्त बुझाएकाे छ ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले गालातासारेमाथि २–० को सहज जित दर्ता गर्यो । सिटीको जितमा एर्लिङ हाल्यान्डले खेलको ११औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने २९औं मिनेटमा रायन चेर्कीले गोल थप्दै जित सुनिश्चित गरे ।
त्यसैगरी, फ्रान्सको पेरिस सेन्ट–जर्मेन (पीएसजी) र इंग्ल्यान्डको न्यूक्यासल युनाइटेडबिचको प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा टुङ्गियो । खेलको ८औं मिनेटमा भिटिन्हाको गोलमा पीएसजीले सुरुवाती अग्रता लिए पनि न्यूक्यासलका लागि जो विलोकले बराबरी गोल फर्काएका थिए ।
आजै सम्पन्न अर्को खेलमा चेल्सीले पनि नेपोलीविरुद्ध ३–२ को जित हासिल गर्यो । खेलको १९औं मिनेटमा एन्जो फर्नान्डेजले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए भने जोआओ पेड्रोले उत्कृष्ट प्रदर्शन गर्दै ६१औं र ८२औं मिनेटमा दुई गोल थपे । नेपोलीका लागि एन्टोनियो भेर्गाराले ३३औं मिनेटमा पहिलो गोल गरे भने रास्मस होय्लुन्डले ४३औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
त्यस्तै, अर्को एक रोमाञ्चक खेलमा पोर्चुगलको स्पोर्टिङले स्पेनिस क्लब एथ्लेटिक क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दा मोनाको र युभेन्टसबिचको खेल गोलरहित बारबरीमा टुङ्गिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण