बझाङ, बाजुरा र अछाममा बालेन शाहको आज घण्टी अभिवादन कार्यक्रम
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा जनसम्पर्क कार्यक्रममा सहभागी हुने भएका छन्।
- उनले बझाङ, बाजुरा र अछामका स्थानीय नागरिकसँग भेटघाट गर्ने र घण्टी चुनाव चिह्नबाट अभिवादन गर्ने कार्यक्रम रहेको छ।
- पार्टीले संगठन विस्तार, स्थानीय समस्या बुझ्ने र आगामी राजनीतिक रणनीतिबारे संवाद गर्ने उद्देश्य राखेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा सहभागी हुने भएका छन् ।
पार्टीका अनुसार बालेनको कार्यक्रम बिहीबार बझाङ, बाजुरा र अछाम जिल्लामा तय गरिएको हो । कार्यक्रमअन्तर्गत उनले स्थानीय नागरिकसँग भेटघाट गर्ने तथा पार्टीको ‘घण्टी’ चुनाव चिह्नमार्फत अभिवादन गर्नेछन् ।
कार्यक्रम तालिकाअनुसार बिहान ७ः३० बजे बझाङको चैनपुरबाट जनसम्पर्क कार्यक्रम सुरु भएको छ । त्यसपछि बिहान ११ः३० बजे बाजुराको मार्तडीमा कार्यक्रम आयोजना गरिनेछ ।
त्यसैगरी दिउँसो १२ः१५ बजे अछामको साँफेबगर र दिउँसो २ः१५ बजे मंगलसेनमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम हुनेछ ।
पार्टीले जनसम्पर्क कार्यक्रममार्फत संगठन विस्तार, स्थानीय समस्या बुझ्ने र आगामी राजनीतिक रणनीतिबारे कार्यकर्ता तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य रहेको जनाएको छ । त्यसैका लागि बालेन तीन दिनदेखि सुदूरपश्चिममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण