इरानमाथि ठुलो आक्रमण गर्नेबारे सोच्दैछन् ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि सैन्य आक्रमण गर्ने विकल्पबारे विचार गरिरहेका छन्।
- इरानले अमेरिकी धम्कीलाई अस्वीकार गर्दै कुनै पनि आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ।
- ट्रम्पले इरानलाई वार्तामा आउन आग्रह गर्दै परमाणु हतियार नबनाउन आग्रह गरेका छन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि नयाँ र ठुलो सैन्य आक्रमण गर्ने विकल्पबारे विचार गरिरहेका छन् । दुई देशबिच इरानको परमाणु कार्यक्रम र ब्यालिस्टिक मिसाइल उत्पादन सीमित गर्ने विषयमा भएको प्रारम्भिक छलफलबाट कुनै ठोस प्रगति नआएपछि यस्तो अवस्था सिर्जना भएको स्रोतहरूले जनाएका छन् ।
ट्रम्पका पछिल्ला धम्कीहरूलाई इरानले कडा शब्दमा अस्वीकार गरेको छ । कुनै पनि अमेरिकी सैन्य कारबाही भए तत्काल जवाफ दिने चेतावनी इरानले दिएको छ ।
आक्रमण भए इजरायललाई निशाना बनाइने धम्की इरानी सर्वाेच्च नेता आयातोल्लाह अली खामेनीका एक वरिष्ठ सल्लाहकारले दिएका छन् । यो घटनाक्रम ट्रम्प प्रशासनको इरानसम्बन्धी सार्वजनिक उद्देश्यमा तीव्र मोड आएको सङ्केत हो ।
केही साताअघि मात्र ट्रम्पले इरानभित्र भएका राष्ट्रव्यापी विरोध प्रदर्शनलाई समर्थन गर्ने सन्दर्भमा सैन्य हस्तक्षेपबारे गम्भीर रूपमा विचार गरेका थिए । ती प्रदर्शनमा सुरक्षाबलको दमनका कारण हजारौं मानिस मारिएका थिए । बुधबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘टु«थ सोसल’मा इरानलाई ‘निष्पक्ष र समान सम्झौता – परमाणु हतियार होइन’ भन्दै वार्तामा आउन माग गरे ।
अमेरिकाको अर्काे आक्रमण गत वर्ष इरानका तीन परमाणु केन्द्रमाथि गरिएको आक्रमणभन्दा झनै भयावह हुने चेतावनी उनले दिएका छन् । स्रोतहरूका अनुसार अहिले विचाराधीन विकल्पमा इरानका शीर्ष नेताहरू, सुरक्षा अधिकारीहरू, परमाणु केन्द्रहरू र सरकारी संस्थालाई निशाना बनाएर हवाई आक्रमण समावेश छन् । यद्यपि ट्रम्पले अन्तिम निर्णय गरिसकेका छैनन् । हाल अमेरिकी विमानवाहक युद्धपोत समूह ‘यूएसएस अब्राहम लिंकन’ भारतीय महासागर हुँदै इरान नजिक पुग्दैछ, जसले सम्भावित आक्रमण तथा क्षेत्रीय सहयोगीको सुरक्षा दुवैमा भूमिका खेल्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण