घोषणापत्र बनाउनुअघि ओलीले गरे विज्ञसँग छलफल
सारांश
- एमालेले फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र बनाउन विज्ञहरूसँग सुझाव लियो।
- अध्यक्ष ओलीले एमाले सुदृढ रहेको र देशलाई पहिलो प्राथमिकतामा राखेर घोषणापत्र बनाउने बताए।
- घोषणापत्रमा देशको समृद्धि, सुशासन र दिगो विकासका योजनाहरू समावेश गरिनेछ।
काठमाडौँ । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणापत्र तयार गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रमा समेट्नुपर्ने विषय र प्राथमिकताबारे विज्ञहरूसँग छलफल गर्दै सुझाव लिएका हुन् ।
छलफलमा विज्ञहरू बालानन्द पौडेल, विष्णु उप्रेतीसहित पूर्वराजदूत, अर्थशास्त्री र योजना आयोगका सदस्यहरू सहभागी रहेको नेकपा एमाले निर्वाचन प्रचार प्रचार संयोजक मीन शाहीले जानकारी दिए ।
अध्यक्ष ओलीले एमाले सुदृढ सङ्गठन, व्यापक जनमत र सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको भन्दै भूकम्पले पुर्याएको भौतिक क्षतिको पुनर्निर्माण उदाहरणीय रूपमा सफल पारेको भन्दै गत भदौको आन्दोलनले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने बताए ।
कुनै पनि आत्मसमर्पण स्वीकार्य नहुने कुरामा जोड दिँदै अध्यक्ष ओलीले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको जानकारी दिएका थिए । एमालेले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा गर्न सक्ने कार्यक्रम समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको एमाले निर्वाचन प्रचार संयोजक शाहीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण