गगन थापाले शुक्रबार मधेस प्रदेश कार्यसमितिको बैठकमा सम्बोधन गर्ने
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले शुक्रबार बस्ने पार्टी मधेस प्रदेश कार्यसमितिको बैठकमा सहभागिता जनाएर सम्बोधन गर्ने भएका छन् ।
जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा आयोजना हुने बैठकमा फागुन ७ गते जनकपुरमा गर्ने मधेस सभाको तयारी, व्यवस्थापन तथा समन्वय सम्बन्धी विषयमा छलफल हुनेछ ।
मधेस प्रदेशभर पार्टीको प्रचार–प्रसारलाई प्रभावकारी र व्यवस्थित बनाउन सभापति थापाले निर्देशन मन्तव्य दिने तय भएको कांग्रेस मधेस प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।
बैठकमा मधेस प्रदेश अन्तर्गतका ३२ वटै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूलाई पनि बोलाइएको छ ।
कांग्रेस सभापति थापा फागुन २१ गते हुने निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार बनेका छन् । उनी आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारका लागि सर्लाहीमा छन् ।
कांग्रेसले फागुन ७ गते जनकपुरमा सभा गरेर औपचारिक रूपमा प्रचार प्रसारको सुरुवात गर्ने बताएको छ । त्यसको तयारीका लागि बैठक राखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण