अस्ट्रेलियाविरुद्ध पाकिस्तानको सानदार जित, साइम अयुबको अलराउन्ड प्रदर्शन
सारांश
- सइम अयुबको अलराउन्ड प्रदर्शनको मद्दतले पाकिस्तानले अस्ट्रेलियालाई पहिलो टी-२० खेलमा २२ रनले पराजित गर्यो।
- टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १६८ रन बनायो, जसमा साइम अयुब र सलमान आगाको महत्त्वपूर्ण साझेदारी रह्यो।
- अस्ट्रेलियाले १४६ रन मात्र बनाउन सक्यो, जसमा अबरार अहमदले २ विकेट लिए र साइम अयुबले बलिङमा राम्रो गरे।
लाहोर । साइम अयुबको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले पाकिस्तानले अस्ट्रेलियालाई पहिलो टी–२० खेलमा २२ रनले पराजित गरेको छ। युवा खेलाडीहरूले भरिएको अस्ट्रेलियाली टोलीविरुद्ध पाकिस्तानले सुरुदेखि नै दबाब बनाएर जित दर्ता गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा १६८ रनको सम्मानजनक योगफल तयार पारेको थियो। पाकिस्तानको पारीमा साइम अयुब र सलमान आगाले ७४ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए।
अयुबले २२ बलमा ४० रनको विष्फोटक इनिङ खेले भने आगाले ३९ रन जोडे। यद्यपि, मध्यक्रममा बाबर आजम र फखर जमानले खासै रन जोड्न सकेनन्।
अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिँदै पाकिस्तानको रन गतिमा अंकुश लगाएका थिए। अन्त्यमा उस्मान खानको छोटो तर आक्रामक पारीले पाकिस्तानलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्यायो।
१ सय ६९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले उत्कृष्ट सुरुवात गरे पनि त्यसलाई निरन्तरता दिन सकेन। कप्तान ट्राभिस हेडले २३ रन जोडेर टोलीलाई गति दिए पनि साइम अयुबको बलमा आउट भएपछि अस्ट्रेलियाको विकेट झर्ने क्रम सुरु भयो।
एक समय म्याट रेन्शा र क्यामरुन ग्रीनले ४० रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जिततर्फ अघि बढाएका थिए। तर, रेन्शाको रनआउट र अबरार अहमदको कसिलो बलिङले खेलको पासा पल्टाइदियो।
अबरार अहमदले ४ ओभरमा मात्र १० रन खर्चेर २ विकेट लिएपछि अस्ट्रेलियाली ब्याटरहरू दबाबमा परे। अस्ट्रेलियाले ४४ रन जोड्दा महत्त्वपूर्ण ६ विकेट गुमाएपछि खेल पाकिस्तानको नियन्त्रणमा पुग्यो।
बलिङमा पनि चम्किएका साइम अयुबले महत्वपूर्ण विकेट लिए भने ब्याटिङमा फ्लप भएका बाबर आजमले बाउन्ड्री लाइनमा तीनवटा उत्कृष्ट क्याच समातेर फिल्डिङमा योगदान दिए। योसँगै अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो ।
तीन खेलको शृङ्खलाको दोस्रो खेल शनिबार लाहोरमा नै हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण