नेपालको हितविपरित भूराजनीतिक चाल भित्र्याउन खोजिँदैछ : महासचिव पोखरेल
सारांश
- एमाले महासचिव शंकर पोखरेलले समाजलाई नयाँ र पुरानो पुस्तामा विभाजन गर्ने प्रयास राष्ट्रलाई कमजोर बनाउने रणनीति भएको बताए।
- उनले बालेन र स्वतन्त्र पार्टीको नाममा भूराजनीतिक चाल र गत भदौ २४ गतेको आन्दोलनमा भएको क्षतिको बारेमा कुरा गरे।
- पोखरेलले युवा पुस्तालाई गलत बाटोमा लैजाने प्रयास भइरहेको र यसलाई सच्याउन युवा संघले भूमिका खेल्नुपर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई नयाँ र पुरानो पुस्ताका नाममा विभाजन गर्ने काम भइरहेको भन्दै त्यो राष्ट्रलाई कमजोर बनाउने रणनीतिक चालका रूपमा बुझ्नुपर्ने बताएका छन् ।
शुक्रबार एमाले निकट युवा सङ्घ नेपाल, केन्द्रीय युवा परिषद्को बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
‘भदौ २३ र २४ को घटनापछि जवर्जस्त रूपमा हाम्रो समाजलाई नयाँ र पुरानोको नाममा विभाजित गर्ने कोसिस भइरहेको छ’, महासचिव पोखरेलले भने, ‘हाम्रो समाजलाई अस्थिरतातर्फ लैजानका लागि कहिले जातियताका नाममा विभाजित गर्न खोज्ने,कहिले एक मधेस एक प्रदेशका नाममा त कहिले पुस्ताका नाममा समाजलाई विभाजित गर्न खोज्ने काम भइरहेको छ ।’
उनले समाजलाई नयाँ र पुरानो पुस्ताका नाममा विभाजन गर्न खोज्ने कामले राष्ट्रलाई कमजोर बनाउने रणनीतिक चाल हो भनेर बुझ्नुपर्ने बताए । नेपाली समाज सामान्यतया तीन पुस्ता मिलेर बस्ने समाज भएको भन्दै विभाजन नभएर जोड्ने प्रयत्न हुनुपर्नेमा पोखरेलको जोड छ ।
उनले बालेन वा स्वतन्त्र पार्टीका नाममा नेपालमा भूराजनीतिक चाल भित्र्याउनु खोज्नु नेपालको हितमा नरहेको बताए । नेता पोखरेलले भदौ २४ गते नेपालको अस्तित्व नै जलाएर खरानी बनाइएको भन्दै त्यो सबै नेपाललाई अशान्ति, भय र त्रासका रूपमा पुर्याइएको बताए ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीलाई संविधानले नचिनेको भन्दै कार्कीलाई राष्ट्रपतिले मात्र चिनेको बताए ।
पोखरेलले फागुन २१ को चुनाव गर्नका लागि हो वा भन्नका लागि भन्ने खोजी भइरहेको बताए । हिमाली जिल्लाका मतदाता बस्ती छाडेर हिँडेको अवस्थामा उनीहरूको मताधिकार कसरी सुरक्षित गर्न सकिन्छ भन्दै पोखरेलले अर्कोतिर तराईमा होली पर्व त्यसैबेला पर्ने भन्दै चुनावबारे आशङ्का उब्जिएको बताए ।
तर उनले यो सरकार छिटो विस्थापित हुनुपर्छ भन्ने मान्यता एमालेले राखेकाले एमाले चुनावबाट नभाग्ने निर्णयमा पुगेको बताए । यद्यपि अहिलेको अवस्थामा सबभन्दा उपयुक्त बाटो संसद् पुनर्स्थापना भएको पोखरेलको भनाइ छ ।
‘अहिले एक प्रकारले भन्ने हो भने सोसल मिडियामा पपुलिस्टहरुको चर्चा परिचर्चा ज्यादा छ’, पोखरेलले भने,‘एनार्किस्टहरु सोसल मिडियालाई यति ज्यादा गालीगलाैजका भाषामा प्रस्तुत भइरहेका छन् कि इमानदार मानिसहरू सोसल मिडियामा संवाद गर्नै चाहँदैनन् ।’
उनले असल मानिसहरूलाई सोसल मिडियाबाट विस्थापित गर्ने काम कसबाट भइरहेको छ भन्दै पोखरेलले एनार्किस्टहरुले प्रयोग गर्ने भाषा सभ्य भाषा नभएको बताए ।
‘पपुलिस्ट र एनार्किस्टहरुले आज हाम्रो सभ्यता र संस्कृति तहसनहस पार्ने काम गरेका छन्’, पोखरेलले भने, ‘युवापुस्तालाई एनार्किस्टहरुले गलत बाटोमा लैजाँदैछन् । यसलाई सच्चाएर राष्ट्रिय युवा सङ्घले सही भूमिका खेल्नुपर्छ ।’
उनले गत भदौ २४ गतेको आन्दोलनमा विशेष प्रकारको रसाइन प्रयोग गरेर क्षति पुर्याएको निष्कर्ष समेत निस्किएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण