बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलाडी

यी हुन् इन्स्टाग्राममा धेरै फलोअर्स भएका ५ खेलाडी

शुक्रबार, १६ माघ २०८२, १५ : ४९
शुक्रबार, १६ माघ २०८२

काठमाडौँ । भारतका क्रिकेट स्टार विराट कोहलीको इन्स्टाग्राममा बिहीबार केही समय नखुल्ने भएको थियो । त्यसपछि उनको टिम र इन्स्टाग्रामको टिमले आईडी शुक्रबार पूर्ण रुपमा ब्याक गरेको थियो ।

त्यसपछि विश्वमा सर्वाधिक फलोअर्स भएका खेलाडीहरुको चर्चा भएको थियो । विराट कोहली क्रिकेट मैदानका ‘किङ’ मात्र होइनन्, उनी सामाजिक सञ्जालका पनि स्टार मानिन्छन् ।

इन्स्टाग्राममा उनका २७४ मिलियन (२७.४ करोड) फलोअर्स छन् । यस मामिलामा उनी भारतका शीर्ष खेलाडी तथा सेलिब्रिटी हुन् । तर विश्वमा अरू केही खेलाडी छन्, जसका इन्स्टाग्राम फलोअर्स विराट कोहलीभन्दा पनि बढी छन् । 

१. क्रिस्टियानो रोनाल्डो

पोर्चुगलका फुटबल लेजेन्ड क्रिस्टियानो रोनाल्डो इन्स्टाग्रामका सबैभन्दा लोकप्रिय खेलाडी हुन् । उनले हालसम्म फिफा विश्वकप जित्न नसके पनि त्यसको असर फ्यान फलोइङमा परेको छैन । इन्स्टाग्राममा उनका ६७० मिलियन (६७ करोड) भन्दा बढी फलोअर्स छन् ।

२. लियोनल मेस्सी

अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनेल मेस्सी हालै भारत आएका बेला उनीप्रतिको समर्थकको मायाले सबै रेकर्ड तोडेको थियो । सामाजिक सञ्जालमा पनि उनको प्रभाव स्पष्ट देखिन्छ । सादगी र प्रतिभाले भरिएका मेस्सीका इन्स्टाग्राममा ५११ मिलियन (५१.१ करोड) भन्दा बढी फलोअर्स छन् ।

३. ड्वेन जोनसन (द रक)

रेसलिङका राजा भएर सिल्भर स्क्रिनका स्टार बनेका ड्वेन जोनसन ‘द रक’ नामले बढी परिचित छन् । भारतसहित विश्वभर उनका करोडौँ फ्यान छन् । उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिने खेलाडीहरूको सूचीमा तेस्रो स्थानमा छन्, जहाँ उनका ३९० मिलियन (३९ करोड) भन्दा बढी फलोअर्स छन् ।

४. विराट कोहली

टिम इन्डियाका स्टार ब्याट्सम्यान विराट कोहली २७४ मिलियन फलोअर्ससहित शीर्ष फलो गरिने खेलाडीहरूको सूचीमा चौथो स्थानमा छन् । उनी भारत मात्र होइन, एसियामै इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिने खेलाडी हुन् । यद्यपि, शीर्ष स्थानमा पुग्न उनलाई अझै केही समय लाग्न सक्छ ।

५. नेयमार जुनियर

ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमार जुनियर यस सूचीमा पाँचौँ स्थानमा छन् । उनले आफ्नो देशका लागि १२८ अन्तर्राष्ट्रिय खेलमा ७९ गोल गरेका छन् । यही कारण उनको लोकप्रियता उच्च छ । इन्स्टाग्राममा उनका २३३ मिलियन (२३.३ करोड) भन्दा बढी फलोअर्स छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप