नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को निर्वाचनपछि आफूहरूको पार्टी पहिलो बन्न सक्ने सम्भावना रहेको बताएका छन् ।
शुक्रबार रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
स्वच्छ,निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न भए नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको बताएका हुन् ।
संयोजक प्रचण्डले देश आफूहरूले भनेतिरै गइरहेको र निर्वाचनको माहोलमा देश गइसकेको भएपनि एकथरी मानिस अनेक बहानामा निर्वाचन हुँदैन भन्ने गरेको र अर्को थरीले निर्वाचनलाई क्याप्चर नै गर्न खोजिरहेको पनि बताए ।
‘मैले के देखेको छु भने नेपाली कम्युनिष्ट पार्टी समानुपातिकमा त म भन्न सक्दिनँ, किनभने नयाँ भन्नेको हावा चलेकै छ’, प्रचण्डले भने, ‘तर प्रत्यक्षमा हामी अगाडी हुन्छौँ । प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहेनत गर्यौँ भने एक नम्बर पार्टी नेकपा बन्ने सम्भावना छ ।’
उनले नेकपा एक नम्बर पार्टी हुन सके आउने ५ वर्षमा देशलाई समृद्धिको सपनातिर डोर्याउन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण