हिमाली क्षेत्रमा फागुन २१ को निर्वाचन नाटक मात्र – ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन हिमाली क्षेत्रमा ‘नाटक’ मात्र हुने दाबी गरेका छन् ।
नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार निर्वाचन गराउनेतर्फ गम्भीर नरहेको आरोप लगाए । उनले सरकारले देशका लागि एउटा पनि राम्रो काम नगरेको भन्दै नराम्रो कामको डंगुर बनेको टिप्पणी गरे ।
उनले फागुन २१ गते तोकिएको निर्वाचनको मिति व्यवहारिक नभएको बताउँदै उच्च हिमाली तथा पहाडी क्षेत्रमा सो समयमा निर्वाचन सम्भव नरहेको जिकिर गरे । मिति घोषणा गरिए पनि चुनाव हुन्छ कि हुँदैन भन्ने नै अन्योलमा रहेको उनको भनाइ थियो ।
उनका अनुसार हिमाली भेगमा अहिलेको समयमा मानिसको उपस्थिति न्यून हुने भएकाले भोट खस्ने सम्भावना पनि अत्यन्त कम छ । 'चार हजार जनाले भोट हाल्नुपर्ने ठाउँमा चार जनाले मात्र भोट हालेर बाक्सा फर्काइएपछि त्यसको के अर्थ हुन्छ ?' भन्दै उनले यस्तो निर्वाचनलाई नाटकको संज्ञा दिए ।
उनले शहरी क्षेत्रजस्तो हिमाली र पहाडी भूभागमा निर्वाचनको प्रभाव नपर्ने सरकारको बुझाइ रहेको आरोप पनि लगाए । राजनीतिक दलहरू बलिया रहेको क्षेत्रमा बेवास्ता गर्दै मान्छे नभएको र मत नखस्ने बेला चुनाव गर्न खोजिएको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण