नेपाली कम्युनिष्ट पार्टी नै कम्युनिष्ट आन्दोलनको मूलधारः नेता खतिवडा
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता जगन्नाथ खतिवडाले वर्तमान कम्युनिष्ट आन्दोलनको मूलधार नेपाली कम्युनिष्ट पार्टी नै भएको दाबी गरेका छन् । सोलु–काठमाडौ सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा उनले विचार, सिद्धान्त र समाजवादको लक्ष्यमा आधारित पार्टी नै नेपाली कम्युनिष्ट पार्टी भएको बताए ।
उनकाअनुसार नेपाली कम्युनिष्ट पार्टी समाजवादको लक्ष्य हासिल गर्न दौडने शक्तिहरूको संयोग हो । उनले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति इंगित गर्दै आफूलाई क्रान्तिकारी दाबी गर्ने शक्तिहरुले साम्राज्यवादी शक्तिको आडमा जेन–जी आन्दोलनलाई दुरुपयोग गरेको आरोप लगाए । साम्राज्यवादी शक्तिको आडमा राष्ट्रिय शक्ति, जनताको एकता र देशभक्तिलाई कमजोर बनाउने प्रयास गरिरहेको उनको दाबी छ । यस्ता शक्तिहरूप्रति सचेत नहुँदा कम्युनिष्ट आन्दोलन सही दिशामा अघि बढ्न नसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण