बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दर्शक प्रतिक्रिया बुझ्न हल हलमा ‘आ बाट आमा’का कलाकार

आइतबार, १८ माघ २०८२, १२ : ४१
आइतबार, १८ माघ २०८२

सारांश

  • शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'आ बाट आमा' ले राम्रो व्यवसाय गरिरहेको छ।
  • निर्माण युनिटले कलाकारहरु सहित उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन्।
  • शनिबार, अभिनेता पल शाह र प्रदीप रावतसहितको टोली बालाजुको अष्टनारायण हलमा पुगेको थियो।

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो ‘आ बाट आमा’ । फिल्मले प्रदर्शनको सुरुवातमा राम्रो व्यवसाय गरिरहेको छ । फिल्मले दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । त्यसैले पनि निर्माण युनिट यतिबेला कलाकार उपत्यकाको विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् ।  

शनिबार निर्माण युनिट अभिनेता पल शाह, अभिनेत्री बिपना थापा, उषा उप्रेती, बलिउड कलाकार प्रदीप रावत सहित बालाजु स्थित अष्टनारायण हलमा पुगेका थिए । सोही क्रममा उनीहरुले फिल्मको विषयमा दर्शकसँग प्रतिक्रिया लिनुका साथै तस्बिर समेत खिचाए ।

दर्शक विशेष गरेर बलिउड अभिनेता प्रदीप रावत र पलसँग सेल्फी खिच्न तछाड मछाड गरेका थिए । आमा र छोराको भावनात्मक सम्बन्धको कथामा आधारित फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । बिपना थापा, प्रदीप रावत (भारतीय अभिनेता), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तलगायतको फिल्ममा मुख्य अभिनय छ ।

फिल्ममा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको सङ्गीत, अभिमन्यु निरवी, अमर न्यौपाने, र चन्द्र पन्तको संवाद, नवराज उप्रेतीको छायाङ्कन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मका कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुङ्गाना निर्माता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप