ललितपुरको नल्लुमा एमाले र माओवादीका पूर्व वडा कमिटी अध्यक्ष कांग्रेसमा प्रवेश
आइतबार, १८ माघ २०८२, १४ : २२
सारांश
- ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका चार नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
- कांग्रेस प्रवेश गर्नेहरूमा नेकपाका पूर्व वडा कमिटी अध्यक्षहरू र माओवादीका सदस्यहरू छन्।
- उदयशम्शेर राणाले नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टीको विकास र समृद्धिका लागि प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका– ४ नल्लुमा कम्युनिस्ट पार्टीमा सक्रिय राजनीति गरेका चार नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टीका पूर्व वडा कमिटी अध्यक्ष शेरबहादुर स्याङ्ताङ, नेकपा एमालेका पूर्व वडा कमिटी अध्यक्ष प्रताप स्याङ्ताङ, नेकपा माओवादीका सक्रिय सदस्यहरू साहिला स्याङ्ताङ र राजु स्याङ्ताङ छन् । नवप्रवेशीहरूलाई कांग्रेस सहमहामन्त्री एवं प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–१ का उम्मेदवार उदयशम्शेर राणाले स्वागत गरे ।
कार्यक्रममा सहमहामन्त्री राणाले नल्लुसहित कोन्ज्योसोम क्षेत्रको विकास र समृद्धिका लागि कांग्रेस सधैँ प्रतिबद्ध रहेको बताए । उनले पुराना र अनुभवी नेताहरूको आगमनले पार्टीलाई थप ऊर्जा मिलेको र यसले आगामी निर्वाचनको गणितमा समेत दूरगामी प्रभाव पार्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण