पुरानै ढर्राले जुम्ली जनता आजित भएकाले मलाई जिताउँछन्– मनऋषि धिताल
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धितालले जुम्लामा आफूलाई जित्ने विश्वास व्यक्त गरे।
- उनले पुरानो शैली र आडम्बरबाट जुम्ली जनता वाक्क भएकाले नयाँलाई रोज्ने दाबी गरे।
- धितालले जुम्लाको विकास, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार मनऋषि धितालले जुम्ली जनताले आफूलाई जिताउने विश्वास बढेको बताएका छन् ।
आइतबार राजधानीको संवाद डबलीमा चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै धितालले वास्तविक र परिपक्व उम्मेदवारको खाँचो रहेकोले आफूलाई भोट हाल्नेसमेत दाबी गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्य रहेका धितालले जनताले पुरानै ढर्रा र आडम्बरले जुम्ली जनता आजित भएकोले नयाँलाई जिताउने विश्वास रहेको बताए ।
धितालले पुराना दल र प्रमुख नेताहरूले आफूलाई रूपान्तरण गर्न नखोज्दा जेनजी विद्रोह भएको र त्यसपछि पनि नसुध्रिएको जनाउँदै आफूले पनि नयाँ बाटो रोजेको जनाए ।
“आस्थालाई नभई दासतालाई केन्द्रमा राखेर पुराना पार्टीहरूले नेतालाई देउता बनाउँदाको परिणाम आज जनतातको बलिदान खेर गएको छ, त्यसलाई तोड्न मेरो उम्मेदवारी हो” धितालले भने ।
धितालले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता भएको र जुम्ली जनताले पनि त्यही महसुस गरेकाले जुम्लामा सोही अनुसार उम्मेदवारी दिएको बताए ।
धितालले जुम्लाको ऐतिहासिक तथा गौरवशाली इतिहासलाई पुनर्जीवित गर्न, जुम्लाको विकासका लागि नीतिगत सेवा गर्न, शिक्षा–स्वास्थ्य तथा सञ्चारको क्षेत्रलगायतका आधारभूत क्षेत्रको विकास गर्न, जुम्लाको पर्यटन तथा कृषि क्षेत्रमा क्रान्तिका आधार तयार गर्न, पूर्वाधार विकासलाई योजनाबद्ध बनाउन लगायतका चुनावी प्रतिबद्धता जाहेर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण