बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

सोमबार, १९ माघ २०८२, ०७ : ५६
सोमबार, १९ माघ २०८२

सारांश

  • १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगितामा आज लिग चरणका खेलहरू हुँदैछन्।
  • पहिलो खेलमा बङ्गलादेश र भारत तथा दोस्रो खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ।
  • नेपाल र भुटान दुवै टोली पहिलो खेलमा पराजित भएकाले आजको खेल उनीहरूका लागि महत्त्वपूर्ण छ।

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन् । पहिलो खेल बङ्गलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ ।

यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भूटान दुबैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाललाई भारतले १–० गोलले निरास बनाएको थियो ।

प्रतियोगिता उद्घाटन खेलमा भुटान भने बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुबै टोली दबाबमा हुनेछन् । फाइनल सम्भावना जीवित राख्नका लागि दुबै टोलीलाई आजको खेल महत्वपूर्ण रहनेछ । बङ्गलादेश र भारतले भने एक/एक खेल जितेर समान तीन अङ्क जोडेका छन् ।

प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् ।

प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप