बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोएपछि साँच्चै कम हुन्छ तनाव ?

सोमबार, १९ माघ २०८२, १० : ५०
सोमबार, १९ माघ २०८२

सारांश

  • अध्ययनले बिना कारण रुनु सामान्य भएको र यसले तनाव कम गर्ने देखाएको छ।
  • रुँदा प्यारासिम्पेथेटिक स्नायु प्रणाली सक्रिय हुन्छ र कोर्टिसोलको स्तर घट्छ।
  • खुलेर रुँदा छातीको बोझ कम हुन्छ र नकारात्मक सोचलाई रोक्न मद्दत गर्छ।

काठमाडौँ । के तपाईंलाई कहिल्यै बिना कारण रुन मन लाग्छ ? बिना कारण पनि तपाईं रुनु भएको छ ? आत्तिनु पर्दैन । यो सामान्य कुरा हो । अनि अर्को कुरा रुनु शरीरको लागि वरदान पनि हो । खुलेर रुँदा तनाव कम हुने र तपाईंले राम्रो महसुस गर्ने अध्ययनहरूले देखाएका छन् ।

रुँदा हाम्रो शरीरको प्यारासिम्पेथेटिक स्नायु प्रणाली सक्रिय हुन्छ । सरल शब्दमा भन्नु पर्दा जब कोर्टिसोलको स्तर उच्च हुन्छ, शरीरले यसबाट बाहिर निस्कने बाटो खोज्छ । यस्तोमा रुँदा तपाईंलाई तनावपूर्ण अवस्थाबाट बाहिर निस्कन मद्दत गर्न सक्छ ।

धेरै नै तनाव महसुस गर्दै हुनुहुन्छ भने तपाईंसँग कोर्टिसोलको स्तर उच्च हुन सक्छ । यस अवस्थामा रुँदा तनाव कम हुनेछ र तपाईंलाई राम्रो महसुस हुनेछ । क्लिभल्याण्ड क्लिनिकद्वारा प्रकाशित एक रिपोर्टका अनुसार खुलेर रुँदा छातीबाट भारी बोझ हटेको जस्तो महसुस हुन्छ । यसले नकारात्मक सोचलाई रोक्छ, जुन शारीरिक र मानसिक स्वास्थ्यको लागि हानिकारक हुनसक्छ ।

आँसुले आन्तरिक दबाब कम गर्न मद्दत गर्छ । व्यक्त नगरिएका भावनाहरूले छाती, घाँटी र टाउकोमा तनाव सिर्जना गर्न सक्छन् । जब तपाईं रुनुहुन्छ, यो दबाब कम हुन्छ, जसले गर्दा तपाईंलाई हल्का महसुस हुन्छ ।

यदि तपाईं धेरै पीडामा हुनुहुन्छ र निराश महसुस गर्दै हुनुहुन्छ भने तपाईंलाई रुन मन लाग्न सक्छ भनेर क्लिभल्याण्ड क्लिनिकको रिपोर्टले भन्छ । तपाईंले आँसु बगाउनुभयो भने पनि चीजहरू अलि स्पष्ट हुन सक्छन् र तपाईं ती भावनाहरूलाई केही स्पष्टताका साथ ‘डिल’ गर्न सक्नुहुन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप