सुशील र अञ्जनाको फिल्म ‘परिवर्तन’ को एक साताको कमाइ कति ?
सारांश
- अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको फिल्म 'परिवर्तन' ले एक सातामा ५० लाख कमाउन सकेन।
- चलचित्र विकास बोर्डको रिपोर्ट अनुसार, फिल्मले एक सातामा जम्मा ३१ लाख कमाएको छ।
- 'परिवर्तन' फिल्मले भ्रष्टाचार र अन्यायको विरुद्ध युवाहरूले देशको नेतृत्व लिनुपर्ने सन्देश दिएको छ।
काठमाडौँ । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली अभिनीत एक्सन फिल्म ‘परिवर्तन’ ले एक सातामा ५० लाखको पनि व्यवसाय गर्न असफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको नेपाली फिल्मको बक्स अफिस रिपोर्टमा फिल्मको एक साताको आम्दानी ३१ लाख रहेको छ ।
गत ९ गतेबाट प्रदर्शनमा आएको फिल्मले १७ गते शनिवारसम्म बक्स अफिसमा ३१ लाख, ९ हजार ९२५ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा फिल्मको टिकट ११ हजार ६ वटा बिकेका छन् । देशमा विद्यमान भ्रष्टाचार, बेथिति,अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश बोकेको फिल्म विजय केरुङले निर्देशन गरेका हुन् ।
फिल्ममा सुशील र अञ्जनाका अलवा करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शङ्कर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, सिरु विष्ट, आशा पौडेल, आयुषा कार्की लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण