बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
काउन्टडाउन टू वर्ल्डकप

दक्षिण अफ्रिकाको टी–२० विश्वकप यात्रा : एक ‘अभागी’ टोलीको संघर्ष

सोमबार, १९ माघ २०८२, १६ : ००
सोमबार, १९ माघ २०८२
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । आईसीसी प्रतियोगिताहरूको कुरा गर्दा दक्षिण अफ्रिका जति ‘अभागी’ टोली अरू कोही छैनन् । उत्कृष्ट खेलाडीहरू र टी–२० फम्र्याटमा राम्रो दक्खल भए पनि दक्षिण अफ्रिकाले हालसम्म टी–२० विश्वकपको उपाधि जित्न सकेको छैन ।

सन् २०२४ को विश्वकपमा पनि दक्षिण अफ्रिका पहिलो आईसीसी ट्रफीबाट वञ्चित हुन पुग्यो । 

79963

सन् २००७ देखि हालसम्म दक्षिण अफ्रिका

  • २००७ : घरेलु मैदानमा नेट रन रेटको मार (दक्षिण अफ्रिका)

पहिलो टी–२० विश्वकपको आयोजक दक्षिण अफ्रिकाले बंगलादेश र वेस्ट इन्डिजलाई हराउँदै समूह चरणमा शीर्ष स्थान हासिल गर्‍यो । सुपर–८ मा इंग्ल्यान्ड र न्युजिल्यान्डलाई हराए पनि भारतसँग पराजित भएपछि नेट रन रेटका कारण दक्षिण अफ्रिका सेमिफाइनल पुग्न असफल भयो । वेस्ट इन्डिजविरुद्ध २०६ रनको विशाल लक्ष्य पछ्याएर जितेको त्यो समयको रेकर्ड दक्षिण अफ्रिकाका लागि सुखद क्षण थियो । जस्टिन केम्प (१७३ रन) र मोर्ने मोर्कल (९ विकेट) उत्कृष्ट खेलाडी साबित भएका थिए ।

105046

  • २००९ : सेमिफाइनलमा पाकिस्तानसँग पराजय (इंग्ल्यान्ड)

इंग्ल्यान्डमा भएको दोस्रो संस्करणमा ग्रेम स्मिथको कप्तानीमा रहेको दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गर्‍यो । समूह चरण र सुपर–८ का सबै खेल जितेर सेमिफाइनल पुगेको दक्षिण अफ्रिका अन्ततः पाकिस्तानसँग पराजित हुँदै बाहिरियो । ज्याक कालिसले २३८ रन र रोलोफ भ्यान डर मर्वेले १० विकेट लिएका थिए । 

  • २०१० र २०१२ : बिर्सनलायक प्रदर्शन

२०१० मा वेस्ट इन्डिजमा भएको विश्वकपमा दक्षिण अफ्रिकाको प्रदर्शन निकै कमजोर रह्यो । सुपर–८ मा पाकिस्तान र इंग्ल्यान्डसँग हार्दै टोली पुछारमा रह्यो । यस्तै, २०१२ को श्रीलंका विश्वकपमा पनि दक्षिण अफ्रिका सुपर–८ का तीनवटै खेल (भारत, पाकिस्तान र अस्ट्रेलिया) मा पराजित हुँदै घर फर्कियो ।

305265

  • २०१४ : कोहलीको इनिङ्सले रोकिएको यात्रा (बंगलादेश)

सन् २०१४ मा दक्षिण अफ्रिकाले सेमिफाइनलसम्मको यात्रा तय गर्‍यो । न्युजिल्यान्ड, नेदरल्यान्ड्स र इंग्ल्यान्डलाई हराउँदै सेमिफाइनल पुगेको दक्षिण अफ्रिकालाई विराट कोहलीको सानदार ७२ रनको इनिङ्सले पराजित गरायो । इमरान ताहिरले उक्त प्रतियोगितामा १२ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरेका थिए ।

  • २०१६ः सुपर–१० बाटै बाहिर (भारत)

भारतमा भएको विश्वकपमा दक्षिण अफ्रिकाको यात्रा सुपर–१० मै सीमित भयो । वेस्ट इन्डिज र इंग्ल्यान्डसँगको हारले टोलीको सेमिफाइनल पुग्ने बाटो बन्द गरिदियो । क्विन्टन डी ककले ४ खेलमा १५३ रन बनाएका थिए ।

340227

  • २०२१ : पुनः नेट रन रेटको दुर्भाग्य (यूएई)

युएईमा भएको २०२१ को विश्वकपमा दक्षिण अफ्रिकाले ५ मध्ये ४ खेल जिते पनि सेमिफाइनलमा स्थान बनाउन सकेन । अस्ट्रेलिया र इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दा टोली समूह चरणबाटै बाहिरियो । रासी भ्यान डर डुसेन (१७७ रन) र ड्वेन प्रिटोरियस (९ विकेट) टोलीका प्रमुख खेलाडी रहे । 

  • २०२२ : नेदरल्यान्ड्ससँगको अप्रत्याशित हार (अस्ट्रेलिया)

अस्ट्रेलियामा भएको पछिल्लो संस्करणमा दक्षिण अफ्रिकाले भारत र बंगलादेशलाई हराएर बलियो सुरुवात गरेको थियो, तर अन्तिम खेलमा नेदरल्यान्ड्ससँग पराजय बेहोरेपछि दक्षिण अफ्रिका सेमिफाइनल पुग्नबाट पुनः वञ्चित भयो । रिले रोसोले सो प्रतियोगितामा एक शतक प्रहार गरेका थिए भने एनरिच नोर्कियाले ११ विकेट लिएका थिए ।

384079

  • टी–२० विश्वकप २०२४ः उपविजेतामै सीमित 

दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक रूपमा फाइनलमा स्थान बनाए पनि उपाधि जित्न भने सकेन । फाइनलमा भारतसँग ७ रनले पराजित हुँदै दक्षिण अफ्रिका उपविजेतामा सीमित भयो ।

प्रतियोगिताभर दक्षिण अफ्रिकाको प्रदर्शन निकै प्रभावशाली रह्यो । समूह ‘डी’ मा उसले श्रीलंका, नेदरल्यान्ड्स र नेपालविरुद्ध सबै खेलहरूमा जित हासिल गर्दै शीर्ष स्थानमा रहँदै सुपर ८ मा प्रवेश गरेको थियो ।

सुपर ८ मा इंग्ल्यान्डलाई पराजित गर्‍यो । त्यसपछि सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिकाले पहिलो पटक टी–ट्वान्टी विश्वकपको फाइनलमा स्थान बनाउने ऐतिहासिक उपलब्धि हासिल गरेको थियो ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप