सदाचार नीति छिट्टै ल्याउन सांसदहरूकाे आग्रह
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले सदाचार नीति लागू हुन नसक्दा भ्रष्टाचार मौलाइरहेको बताउँदै विकासमा गतिशीलता र सुशासन एवं सदाचार कायम गर्न चाँडै त्यस्तो नीति ल्याउन आग्रह गरेका छन् ।
सभाको साेमबारको बैठकमा ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले नीति लागू भएमा देश सुशासनयुक्त हुने बताएका हुन् ।
उनीहरूले राज्य सञ्चालनका क्रममा नैतिक मूल्य र मान्यतालाई पालना गराई नेपाललाई सम्पत्ति शुद्धिकरणको ‘ग्रे लिष्ट’ बाट छिट्टै माथि उठाउनसक्नुपर्नेमा जोड दिए ।
छलफलमा सभा सदस्यहरू तुलसाकुमारी दाहाल, विष्णुकुमारी सापकोटा, रुक्मिणी कोइराला, पदमबहादुर परियार, राजेन्द्रलक्ष्मी गैह्रे, मदनकुमारी साह (गरिमा) उर्मिला अर्याल, डा वेदुराम भुसाल, कृष्णप्रसाद अधिकारी, नारायणदत्त मिश्रलगायत सहभागी सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण