गैर आवासीय नेपाली सङ्घको बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय
सारांश
- गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० देखि चैत्र २ गतेसम्म काठमाडौँमा हुने भएको छ।
- परराष्ट्र मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भइसकेको छ र यसको सचिवालय संघको सचिवालयले नै काम गर्नेछ।
- सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी विभिन्न विषयहरूमा छलफल हुनेछ र सबै गैरआवासीय नेपालीहरूलाई सहभागी हुन अपिल गरिएको छ।
काठमाडौँ । गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म(१४–१६ मार्च २०२६) काठमाडौँमा हुने तय भएको हो ।
उक्त सम्मेलन आयोजनाका लागि परराष्ट्र मन्त्री बालानन्द शर्माको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भइसकेको मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
उक्त उच्चस्तरीय आयोजक समितिको सचिवालयका रूपमा सङ्घको सचिवालयले नै कार्य गर्नेछ ।सम्मेलन तथा महाधिवेशन सम्बन्धी तयारीका कामहरू अघि बढिरहेका छन् ।
सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकले पाउने संविधान प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सिप र प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्ता लगायत विविध सत्रमा छलफल हुनेछ ।
नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनका अभियन्ताहरू र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वहरूको उक्त सम्मेलनमा सहभागिता रहनेछ।
बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनमा सम्पूर्ण गैरआवासीय नेपालीहरूलाई उत्साहपूर्ण सहभागिताका लागि अपिल समेत गरिएको छ ।
सङ्घको १० औँ र ११ औँ महाधिवेशनपछिको कालखण्डमा संस्थाभित्र देखिएका सङ्गठनात्मक जटिलताहरूलाई आत्मसमीक्षा, संवाद र सहकार्यको बलमा चरणबद्ध रूपमा सम्बोधन गर्दै अन्ततः सन् २०२५ नोभेम्बर ३० मा प्रधानमन्त्री सुशीला कार्कीको रोहबरमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहितको उपस्थितिमा गैरआवासीय नेपाली सङ्घभित्र ऐतिहासिक तथा बृहत् एकता सम्पन्न भएको थियो ।
यो उपलब्धिले सङ्घको एकता, स्थायित्व र भावी यात्राप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण