प्रतिनिधि सभा पुनर्स्थापनाको औचित्य अझै बाँकी छ : पृथ्वी सुब्बा गुरुङ
सारांश
- एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभा पुनर्स्थापनाको औचित्य कायमै रहेको बताए।
- उनले चुनावको औपचारिक प्रचार सुरु नभएसम्म पुनर्स्थापनाको सम्भावना रहेको जनाए।
- गुरुङले रवि लामिछानेको मुद्दामा सरकारले षडयन्त्र गरेको आरोप लगाए।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभा पुनर्स्थापनाको औचित्य अझै समाप्त नभएको बताएका छन् ।
प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले यस्तो बताएका हुन् ।
‘विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गरियो भने त्यसैबाट सरकार बनाउन सकिन्छ । संविधान संशोधनको कुरा अघि बढाउन सकिन्छ र चुनाव पनि गराउन सकिन्छ’, गुरुङले भने, ‘संसद् पुनर्स्थापना भयो भने सबै चिज सोझिन्छ ।’
उनले पुनर्स्थापनाको भ्यालिडीटी कायमै रहेको भन्दै जुनबेलासम्म चुनावको औपचारिक प्रचार प्रसार सुरु हुँदैन त्यो बेलासम्म सम्भावना कायमै रहने बताए ।
गुरुङले प्रतिनिधि सभा पुनर्स्थापना नभएको खण्डमा एमाले चुनावबाट नभाग्ने बताए । उनले सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी रवि लामिछानेको मुद्दा फिर्ता लिने काममा सरकारले षडयन्त्र गरेको बताए ।
‘सरकार नियोजित रूपमा आफूले चाहेकोजस्तो, जसले यो परिस्थिति निर्माण गरेको छ त्यसको सर्त अनुकूलका पार्टीलाई र व्यक्तिलाई चुनाव जिताउने हर्कत गरिरहेकाले हामीले धाँधली सुरु भयो भनेको हो’, गुरुङले भने ।
उपाध्यक्ष गुरुङले पुष्पकमल दाहाल संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)सँग चुनावी तालमेल तत्काल भइहाल्ने सम्भावना नदेखेपनि राजनीति सम्भावनाको खेल भएको बताए ।
उनले नेकपाले गत भदौ २३ र २४ को घटनाका बारेमा हेर्ने दृष्टिकोण नेकपा र एमालेबिचमा भिन्नता रहेको बताए । गुरुङले डेमोक्रेसी खतरामा रहेकाले डेमोक्रेटिक फोर्सबिच सहकार्य जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण