सुनिल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दा लगाउमा राख्ने आदेश
सारांश
- विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्धको मुद्दालाई लगाउमा राख्ने आदेश दिएको छ।
- अख्तियारले पौडेलविरुद्ध २३ करोड ७५ लाख रुपैयाँ बिगो माग दाबी गर्दै गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दर्ता गरेको थियो।
- अख्तियारको ठहर अनुसार, पौडेलले पदमा रहँदा एक करोड १९ लाख आर्जन गरेर २४ करोड ९४ लाख खर्च गरेका थिए।
काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दा लगाउमा राख्ने आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले मंगलबार भ्रष्टाचारसँग जोडिएका पौडेलको अरू मुद्दालाई सँगै राखेर हेर्नका लागि लगाउमा राख्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।
अख्तियारले सुनिलविरुद्ध दायर गरेको भ्रष्टाचारसँग सम्बन्धित अरू मुद्दालाई पनि सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको हो । अख्तियारले सुनिलका दाजु अनिल पौडेलविरुद्ध पनि सम्पत्ति जफतको माग राखेर मुद्दा दर्ता गरेको थियो ।
पौडेल पदमा रहँदा पारिश्रमिक, भत्ता, शेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ आयआर्जन गरेको अख्तियारको ठहर छ ।
यस्तै २४ करोड ९४ लाख ७१ हजार १७१ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले उल्लेख गरेको छ । आम्दानी र खर्च अनुसार पौडेलको २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बराबरको खर्च तथा सम्पत्ति अवैध देखिएको अख्तियारले जनाएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहँदा पौडेलले राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न भनेर सफ्टवेयर र हार्डवेयर खरिद गरेको तर सञ्चालनमा नल्याएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण