तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को तयारी पूरा
काठमाडौँ । आगामी बिहीबारदेखि धुलिखेलमा सुरु हुने तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को तयारी पूरा भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा आगामी बिहीबारदेखि दुई दिनसम्म विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलमा हुँदै छ । विश्वविद्यालयबाट अध्ययनरत २९ वर्षमुनि विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ ।
उक्त प्रतियोगिता धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको खेलमैदान हुनेछन् । राखेपले मंगलबार पुतलीसडकमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
काठमाडौँ विश्वविद्यालय र नेपालय इन्टरनेसनल प्रा.लि.को सह आयोजनामा हुने विश्वविद्यालय खेलकुद प्रतियोगितामा ९ वटा विश्वविद्यालयका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
सहआयोजक नेपालय इन्टरनेसनलले उक्त पत्रकार सम्मेलन प्रतियोगिताको प्रायोजक केआइईस एजुकेसन कन्सल्टेन्सीसँग प्रायोजनसम्बन्धी सम्झौता गरेको छ ।
नेपालय इन्टरनेसनलका चेयरमेन सुवास प्रधान र केआइईस एजुकेसन कन्सल्टेन्सीका संस्थापक सिइओ राजेन्द्र रिजालबिच प्रायोजन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
सो अवसरमा रिजालले देशले गौरव गर्ने क्षेत्र खेलकुदसँग सहकार्य गर्न पाउँदा धेरै उत्साहित रहेको र केआइईस एजुकेसन कन्सल्टेन्सी लामो समयदेखि नेपाली खेलकुद विकासमा जोडिँदै आएको बताए ।
नेपालय इन्टरनेसनलका चेयरमेन सुवास प्रधानले नेपाली खेलकुद विकासका लागि विश्वविद्यालय खेलकुद जस्ता प्रतियोगिता महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरेका छन् ।
यस संस्करणमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, बास्केटबल र छात्र भलिबल गरी पाँच खेल विधा प्रतिष्पर्धा हुनेछन् । एथलेटिक्समा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर र लङ जम्प गरी चार इभेन्ट्स हुनेछ ।
ब्याडमिन्टन र टेबल टेनिसमा सिंगल्स र डबल्स तथा बास्केटबलमा थ्री अन थ्री बास्केटबल हुने आयोजक राखेपले जनाएको छ । भलिबलमा छात्रतर्फ मात्र हुने राखेपका प्रतियोगिता प्रमुख मीन शर्माले जानकारी दिए ।
सबै विश्वविद्यालयमा छात्राको टिम नभएकाले छात्रको मात्र खेल राखिएको उनको भनाइ छ । हरेक विश्वविद्यालयबाट समान ३१ खेलाडीले प्रतिष्पर्धा गर्न पाउनेछन् ।
कुनै विश्वविद्यालयमा विदेशी नागरिक अध्ययन गरिरहेको छ भने पनि उनीहरूले प्रतिष्पर्धा गर्न पाउने भएका छन् । प्रतियोगितामा टिम र व्यक्तिगततर्पm स्वर्ण विजेताले समान तीन हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण