निर्वाचन आचारसंहितालाई पालना गर्न प्रतिबद्धता
सारांश
- तुलसीपुरमा भएको अन्तरक्रियामा राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाए।
- कांग्रेस र एमालेका नेताहरूले निर्वाचन निष्पक्ष बनाउन पार्टी प्रतिबद्ध रहेको बताए।
- निर्वाचन अधिकृत र सुरक्षा प्रमुखहरूले आचारसंहिता पालना गर्न प्रतिबद्धता व्यक्त गरे।
दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, भयरहित र निष्पक्ष बनाउन आचारसंहिताको पालना गर्ने तुलसीपुरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका विभिन्न राजनीतिक दल र उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।
दाङ निर्वाचन क्षेत्र–३ को निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले आज आयोजना गरेको निर्वाचन आचारसंहिता पालनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं ३ का सभापति जगत खड्काले निर्वाचनलाई निष्पक्ष, स्वच्छ मर्यादित बनाउन र निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न नेपाली कांग्रेस र कांग्रेसका उम्मेदवार प्रतिबद्ध रहेको बताए । नेकपा (एमाले) दाङका सचिव श्याम डाँगीले निर्वाचनलाई निष्पक्ष भयरहित बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै हाम्रो पार्टी र उम्मेदवारबाट आचारसंहिता विपरीतका कुनै पनि कार्य नहुने आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्धता व्यक्त गरे ।
नेपाली कम्युनिस्ट पार्टी प्रतिनिधि, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि, आमजनता पार्टीका उम्मेदवार पाण्डवी नेपाली, श्रम संस्कृति पार्टीका टोपबहादुर महरा, स्वतन्त्र उम्मेदवार यमबहादुर बस्नेत, भरत परियारलगायतले दल र उम्मेदवारको तर्फबाट निर्वाचन आचारसंहिता पालना गर्ने, गराउने प्रतिबद्धता व्यक्त गरे ।
उनले निर्वाचन गराउने राज्य संयन्त्रले दललाई नगर्न आग्रह गरेका छन् । कार्यक्रममा इलाका प्रशासन कार्यालय तुलसीपुरका उपसचिव पुष्पराज पौडेल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमप्रसाद पराजुली, सशस्त्र बेस क्याम्प तुलसीपुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरेलगायतले निर्वाचन आचारसंहिता पालनामा आफूहरू प्रतिबद्ध रहेको बताए ।
विना भेदभाव शान्ति सुरक्षाको जिम्मेवारी निभाउने सुरक्षा प्रमुखहरूले बताउनुभयो । दाङ निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिंजालीले निर्वाचन आचारसंहिता पालना तथा कार्यान्वयन, आचारसंहिता उल्लङ्घनमा हुने कारबाही, पालना भए नभएको अनुगमन, दण्ड, सजायलगायत बारेमा जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण