अमेरिकामा १२ खर्ब डलरको खर्च विधेयक पारित
सारांश
- अमेरिकी प्रतिनिधि सभाले १२ खर्ब डलरको खर्च विधेयक पारित गर्यो, जसले सरकारी कामकाज सुचारु गर्यो।
- विधेयकले रक्षा, श्रम, शिक्षा र स्वास्थ्य सेवा लगायतका कार्यक्रमका लागि बजेट सुनिश्चित गरेको छ, तर गृह मन्त्रालयको लागि छोटो समयको बजेट मात्रै छ।
- आप्रवासन सुधार र गृहमन्त्रालय सम्बद्ध कानूनमा सहमति जुटाउन दुई हप्ताको समय दिइएको छ।
वासिङ्टन डीसी । अमेरिकी प्रतिनिधि सभाले मंगलबार साँझ १२ खर्ब डलरको खर्ब विधेयक पारित गरेको छ । सरकारी कामकाज आंशिक रुपमा ठप्प भएको स्थिति अन्त्य गर्न अन्ततः साँघुरो मतान्तरले विधेयक पारित भएको छ । यो विधेयक को पक्षमा २१७ मत र विपक्षमा २१४ मत खसेको थियो । अब राष्ट्रपति डोनाल्ड ट्रम्पले यसमा हस्ताक्षर गरेपछि विधेयक कानुन बन्नेछ ।
यो खर्च विधेयकले रक्षा, श्रम, शिक्षा, स्वास्थ्य सेवा लगायत मुख्य संघीय कार्यक्रमहरुको लागि आगामी सेप्टेम्बर ३० सम्मको बजेट सुनिश्चित गरेको छ । तर गृह मन्त्रालयका लागि भने दुई हप्ताको अन्तरिम बजेट मात्रै निकासा गरिएको छ । यसमा गृह मन्त्रालयका लागि फेब्रुअरी १३ सम्मको मात्रै बजेट छ । योसँगै कांग्रेसलाई आप्रवासन सुधार र गृहमन्त्रालय सम्बद्ध कानूनमा सहमति गर्न थप दुई हप्ताको समय मिल्नेछ।
अध्यागमनका अधिकारीहरूको गोली लागेर हालै अमेरिकामा मृत्यु र चोटपटकका घटना बढिरहेको समयमा डेमोक्रेटहरू र रिपब्लिकनहरूबिच बजेटमा मतभेद चुलिएको थियो ।
डेमोक्र्याटहरुले अध्यागमन निकाय आईसीई र गृहमन्त्रालयको नियमनका लागि नयाँ पारदर्शिता ऐन ल्याउनु पर्ने माग गरिरहेका छन् । यसै विवादबिच सरकारले गृहमन्त्रालय छोटो समयको लागि बजेट निकास गरेको हो । ।
यो विधेयकको पारितसँगै चार–दिन देखि आंशिक रुपमा बन्द भएको सरकारी कामकाज सुचारु भएको छ । यद्यपि आप्रवासन अभ्यासमा अझै राजनीतिक वार्ता जारी रहने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण