दरखोलामा मोटरेबल पुल निर्माण
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङ स्थित दरखोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले ठेक्का मार्फत निर्माण थालिएको सो पुल २५ मिटर लामो हुनेछ ।
विस २०८१ भदौ १९ गते पाँच करोड ५९ लाख ३३ हजारमा ठेक्का सम्झौतामा निर्माण कम्पनीले यसै महिनादेखि काम थालेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँले जानकारी दिए ।
खोलालाई डाइभर्सन गरेर पुलको पिल्लर राख्ने ठाउँ बनाउन थालिएको हो । ठेक्का सम्झौताको अवधि एकवर्ष पाँच महिना रहेको छ ।
यस ठाउँमा पुल निर्माण भएपछि धवलागिरी गाउँपालिकाको १ र २ नम्बर वडालाई पालिकाको केन्द्र जोड्ने मुना– खोरीया– लमसुङ– लुलाङ– गुर्जा सडकमा १२ वटै महिना नियमित यातायात सञ्चालन गर्न सकिने गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । हाल बर्खामा दरखोलामा बाढी आएर पानीको सतह बढ्दा सिधा यातायात बन्द हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
-
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति कि पुष्टि हुनुपर्छ कि सच्चाइनुपर्छ : बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण