निर्वाचनबाट एमाले भाग्दैन : राजन भट्टराई
सारांश
- एमाले सचिव राजन भट्टराईले संसद पुनर्स्थापना लोकतन्त्र र संविधानका लागि उपयुक्त हुने बताए।
- भट्टराईले एमाले निर्वाचनबाट भाग्दैन र जनताबाट अनुमोदन चाहेको स्पष्ट पारे।
- उनले काठमाडौंमा एमालेले धेरै सिट जित्ने विश्वास व्यक्त गर्दै मतदातालाई विवेकपूर्ण मतदान गर्न आग्रह गरे।
काठमाडौँ । नेकपा एमालेका सचिव तथा काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.राजन भट्टराईले संसद् पुनर्स्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको धारणा व्यक्त गरेका छन् ।
प्रेस चौतारी नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको काठमाडौँ उपत्यकाका उम्मेदवारहरूसँगको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमाले नीतिगत रूपमा अहिले पनि संसद् पुनर्स्थापनाको पक्षमा रहेको बताए ।
‘यसले लोकतन्त्र र संविधान सहज बाटोमा फर्कन्छ भन्नेमा हामी विश्वस्त छौँ’, भट्टराईको भनाइ छ । यद्यपि, उनले जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने प्रक्रियाबाट एमाले कहिल्यै नभाग्ने पनि स्पष्ट पारे ।
‘जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने कुराबाट एमाले भाग्दैन’, भट्टराईको भनाइ छ । डा.भट्टराईले काठमाडौँ उपत्यकाका अधिकांश सिटमा एमालेले जित हासिल गर्ने विश्वास व्यक्त गर्दै मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न अनुरोध गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी पुरा गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण