फागुन २१ सम्म अन्य दलहरूसँग पनि चुनावी सहकार्य हुन्छ : बादल
सारांश
- एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले देश जलाउने विरुद्धका दलहरूसँग चुनावी सहकार्य गर्ने बताए ।
- उनले जनार्दन शर्मा र बाबुराम भट्टराईको पार्टीसँग सहकार्यका लागि सहमति भएको पनि खुलाए ।
- फागुन २१ गतेसम्म अन्य दलहरूसँग पनि सहकार्यका लागि छलफल भइरहेको उनको भनाइ छ।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले देश जलाउनेका विरुद्ध जाने राजनीतिक दलहरूसँग चुनावी सहकार्य गरेर जाने पार्टीको नीति रहेको खुलासा गरेका छन् । साथै उनले त्यस्ता दलहरूसँग छलफल समेत भइरहेको बताएका छन् ।
बुधबार एमाले पार्टी कार्यालय च्यासलमा गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष थापाले यस्तो खुलासा गरेका हुन् ।
‘देश जलाउनेहरूका विरुद्ध हुने दलहरूसँग चुनावी सहकार्य सकिन्छ भन्ने पार्टीको नीति छ’, बादलले भने, ‘१६५ निर्वाचन क्षेत्रहरूमध्ये जहाँ जहाँ देश जलाउनेहरूका विरुद्ध जान तयार हुने दलहरू छन् । दुवै पक्षको हित हेरेर निश्चित निर्वाचन क्षेत्रमा वीन वीनको अवस्थामा सहकार्य हुनसक्छ ।’
यसै क्रममा जनार्दन शर्मा र बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टी प्रलोपासँग सहकार्यका लागि सहमति भएको उपाध्यक्ष थापाको भनाइ छ ।
‘अरुसँग पनि कतिपय निर्वाचन क्षेत्रमा सहकार्य हुनसक्छ । त्यसबारे छलफल पनि भइरहेको छ’, थापाले भने, ‘फागुन २१ अघिसम्म सबै पक्षहरुबाट प्रयत्न जारी रहन्छ र अन्तिम समयमा केही ठाउँहरूमा सहकार्यका लागि सहमति हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण