कीर्तिमानी लक्ष्य पछ्याउँदै भारत दशौँ पटक अन्डर-१९ विश्वकपको फाइनलमा
सारांश
- भारतीय युवा टोलीले अन्डर-१९ विश्वकपको फाइनलमा स्थान पक्का गर्यो, अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै।
- भारतले अफगानिस्तानले दिएको ३१० रनको लक्ष्य ४१.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
- आरोन जर्जको ११५ रन र वैभव सूर्यवंशीको ६८ रनको योगदानले भारतको जित सुनिश्चित गर्यो।
हरारे । भारतीय युवा टोलीले अन्डर-१९ विश्वकपको इतिहासमै सबैभन्दा ठूलो रन पछ्याउने कीर्तिमान बनाउँदै दशौँ पटक प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।
बुधबार भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले उपाधि भिडन्तका लागि इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो। अब फेब्रुअरी ६ मा हुने फाइनल खेलमा भारतले इंग्ल्याण्डको सामना गर्नेछ।
हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३१० रनको बलियो योगफल खडा गरेको थियो। अफगानिस्तानका लागि फैजल शिनोजादाले ११० रन र उजैरुल्लाह नियाजईले अविजित १०१ रनको शतकीय पारी खेले। बलिङतर्फ भारतका दीपेश देवेन्द्रन र कनिष्क चौहानले समान दुई-दुई विकेट लिए पनि अफगानी ब्याटरहरूलाई रोक्न हम्मेहम्मे परेको थियो।
३११ रनको विशाल लक्ष्य पछ्याएको भारतले विष्फोटक ब्याटिङ गर्दै मात्र ४१.१ ओभरमा ३ विकेट गुमाएर जित हासिल गर्यो। भारतको जितमा ओपनर आरोन जर्जले ११५ रनको सानदार शतकीय योगदान दिए भने वैभव सूर्यवंशीले ६८ र कप्तान आयुष म्हात्रेले ६२ रनको अर्धशतकीय पारी खेले।
यो जितसँगै भारतले अन्डर-१९ विश्वकप र यूथ एकदिवसीय इतिहासकै सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पूरा गर्ने नयाँ कीर्तिमान समेत कायम गरेको छ। कुल ६२० रन बनेको यस खेलले भारत र अफगानिस्तानबिचको यूथ ओडिआईमा बनेको पुरानो ५२१ रनको रेकर्डलाई पनि तोडिदिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण