‘कुमारी’को बुकिङ खुला, गीतले पायो एक करोड भ्युज
काठमाडौँ । शुक्रवारदेखि देशभर प्रदर्शनमा लाउन लागेको चलचित्र ‘कुमारी’ को अग्रिम बुकिङ खुला गरिएको छ । फिल्मले देशभर करिब २ सय शो पाएको निर्माण पक्षले जनाएको छ ।
फिल्म रिलिजमा आउँदै गर्दा यसको गीत ‘डोको बुन्ने’ले युट्युबमा १ करोडभन्दा बढी भ्युज प्राप्त गरेको छ । केहर सिं लिम्बुको स्वर, सागर लामिछाने मगर र सुमन तामाङका शब्द रहेको गीतमा सुमन र केहर एन्ड द लुङा ब्यान्डको सङ्गीत छ ।
‘कुमारी’ दिनेश राउतले निर्देशन गरेका हुन् । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेको फिल्ममा प्रेम, मानवीय सङ्घर्ष र पारिवारिक अन्तद्र्वन्द्वको कथालाई कलात्मक ढङ्गले चित्रण गरिएको छ।
फिल्म मार्फत अभिषेक खड्का र आकृति राज भण्डारीले मुख्य भूमिकामा डेब्यु गर्दैछन् । उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ । विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको फिल्मको कार्यकारी निर्माता केदार भुसाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण