भेनेजुएलामा राजनीतिक बन्दीलाई आममाफी दिने कानुन पारित
सारांश
- भेनेजुएलाको राष्ट्रिय सभाले राजनीतिक बन्दीहरूलाई रिहा गर्न 'आममाफी कानुन' पारित गर्यो।
- विधेयकले राजनीतिक विरोध प्रदर्शनमा संलग्न र प्रतिबन्धित नेताहरूलाई माफी दिने लक्ष्य राखेको छ।
- कानुनले भ्रष्टाचार, हत्या, लागुऔषध तस्करी जस्ता गम्भीर अपराधलाई समेट्दैन।
काराकास । भेनेजुएलाको राष्ट्रिय सभाले राजनीतिक बन्दीहरूलाई रिहा गर्ने उद्देश्यले ल्याइएको ‘प्रजातान्त्रिक सहअस्तित्वका लागि आममाफी कानुन’ सर्वसम्मत रूपमा पारित गरेको छ। बिहीबार भएको मतदानमा सत्ताधारी समाजवादी पार्टी र विपक्षी दलका सदस्यहरूले यस विधेयकको पक्षमा मतदान गरेपछि देशमा जारी राजनीतिक गतिरोध अन्त्य हुने आशा पलाएको हो।
राष्ट्रिय सभाका प्रमुख जर्ज रोड्रिग्वेजले यो कानुन कार्यान्वयनको बाटो बाधा र तीता क्षणहरूले भरिएको भए पनि देशलाई अगाडि बढाउन कठोर निर्णय आवश्यक रहेको बताएका छन्। उनले भने, ‘हामीले क्षमा माग्नुपर्छ र अरूलाई क्षमा दिन पनि सिक्नुपर्छ।’
यस विधेयकले विशेषगरी राजनीतिक विरोध प्रदर्शनका क्रममा देशद्रोह, आतंकवाद, विद्रोह र घृणा फैलाएको आरोप लागेका व्यक्तिहरूलाई आममाफी दिने लक्ष्य राखेको छ। साथै, विपक्षी नेतृ मारिया कोरिना माछाडो लगायतका नेताहरूमाथि लागेको सार्वजनिक पद धारण गर्न नपाउने प्रतिबन्ध पनि हट्ने देखिएको छ।
विधेयकले सन् २००७ देखि २०२४ सम्म भएका विभिन्न राजनीतिक आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई समेट्नेछ। यो अवधि दिवंगत राष्ट्रपति ह्युगो चाभेज र उनका उत्तराधिकारी निकोलस मादुरोको कार्यकालसँग जोडिएको छ। तर, भ्रष्टाचार, हत्या, लागुऔषध तस्करी र मानव अधिकार उल्लंघन जस्ता गम्भीर अपराधमा संलग्नहरूलाई भने यो कानुनले कुनै सहुलियत दिने छैन।
यो कानुन यस्तो समयमा आएको छ जब भेनेजुएलाको राजनीतिमा ठूलो उथलपुथल भइरहेको छ। गत जनवरी ३ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एक सैन्य अपरेसनमार्फत राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर न्युयोर्क पुर्याएको थियो।
उनीहरूमाथि हाल लागुऔषध तस्करीको अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको छ। विपक्षीहरूले यसलाई स्वागत गरे पनि कतिपय विज्ञहरूले भने अमेरिकी कदमले अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाको सार्वभौमसत्ता उल्लंघन गरेको तर्क गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण