‘श्री बुकुरो’मा मृत्यु अघि केही खोजिरहेकी आमाको कथा
काठमाडौँ । फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ आमाको एउटा फरक कथा भएको निर्देशक सुदीप भूपाल सिंहले बताए । फिल्मले सानो एउटी आमाको बुकुरो (घर) बनाउने चाहना, छोराहरूको विवाह, उनीहरूको खुसी लगायतका कुरा चित्रण गरेको सिंहको भनाई छ । फिल्मको पारिवारिक स्नेह, मिलन र नोकझोंकले दर्शकलाई फरक स्वाद दिने उनले बताए ।
‘पछिल्लो समय सामाजिक पारिवारिक फिल्मले दर्शकको मन जितिरहेको अवस्थामा ‘श्री बुकुरो’को विशुद्ध पारिवारिक कथालाई दर्शकले रुचाउने विश्वास छ’ निर्देशक सिंहले भने ‘यो मृत्यु भन्दा अघि केही खोजिरहेकी आमाको कथा पनि हो ।’
महाशिवरात्रिको छेको पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्मको ट्रेलर समेत सार्वजनिक गरिएको छ । ट्रेलर मुख्य पात्र लक्ष्मी गिरीलाई केन्द्रमा राखेर तयार पारिएको छ । करिब ३ मिनेट ३३ सकेण्ड लामो ट्रेलरले हामीलाई पात्रको मनोदशा र गतिसँगै यात्रा गराउँछ ।
विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्मक सिनेमा ‘श्री बुकुरो’का यसअघि सार्वजनिक टिजर तथा पोस्टरले दर्शकको मन जितिसकेका छन् । यो गीतले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ ।
फिल्ममा लक्ष्मी गिरीका अलवा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ । फिल्म रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।
मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौँमा छायाङ्कन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण